Madhes Khabar
राजनीति हेडलाइन

वीरगन्ज नर्सिङ क्याम्पसमा क्याम्पस प्रमुखको दादागिरी : नेविसंघका छात्राहरुलाई गालीगलौज र हातपात

मधेसखबर
वीरगन्ज ,२७ चैत : वीरगन्ज ४ विर्ता स्थित वीरगन्ज नर्सिङ क्याम्पसकी छात्राहरुलाई क्याम्पस प्रमुख जमुना भट्टराईले गालीगलौज गर्दै हातपात समेत गरेकी छन् ।

क्याम्पस प्रमुख जमुना भट्टराईले छात्राहरुलाई गालीगलौज र हातपात गरेको भिडियो सामाजिक सन्जालमा भाइरल पनि भएको छ । उक्त भिडियोमा निक्कै आक्रोशित मुद्रामा प्रस्तुत हुदै क्याम्पस प्रमुख भट्टराइले छात्राहरुलाइ गमहला उठाएर हान्न खोजेको , केहि छात्रालाई हातले हिर्काएको , तथनाम गाली गलौज गरेको दृश्यहरु देखिन्छ ।

चैत ५ मा भएको स्ववियु निर्वाचनको विषयलाई लिएर नेविसंघले क्याम्पस प्रमुखको कार्याकक्षमा चैत ६ गते तालाबन्दी गरेको थियो । त्यहि विषयलाई लिएर आइतबार राति क्याम्पस प्रमुख भट्टराइले नेविसंघ समर्थित छात्राहरुलाई गाली बेइज्जती गर्दै हातपात पनि गरेको नेविसंघकी क्याम्पस इकाई सभापति सविना सुनारले बताइन् ।

सुनारका अनुसार , क्याम्पस प्रमुखको कार्यकक्षको ढोकामा नेविसंघले लगाएको ताल्चा आइतबार राति क्याम्पस प्रमुख भट्टराइले जबरजस्ति तोड्नुका साथै टाँसेको विज्ञप्ति पनि च्यातेर फालेपछि नेविसंघ समर्थित छात्राहरुले प्रतिवाद गरेका थिए । त्यहि क्रममा क्याम्पस प्रमुख भट्टराइले उग्रशैलीमा तथानाम गालीगलौज गर्दै आफुहरुमाथि हातपात पनि गरेको सुनारले बताइन् ।

क्याम्पस प्रमुखले गरेको दुव्र्यवहारको भिडियो देखाउदै सुनारले भनिन्,‘ हामीले लगाएको ताल्चा राति हामीसंग कुनै छलफल नै नगरि क्याम्पस चिफले तोडेको थाहा पाएपछि त्यस बारे बुझन हामी गयौं , तर उहाले उल्टै म मेरो पावर अब देखाइदिन्छु , तिमिहरुले जे गर्न सक्छौ गर , जाउ पत्रिकामा छपाइदेउ भन्दै हामी माथि झम्टिनु भयो , म समेत ४÷५ जना माथि हातपात पनि गर्नु भयो , फुलको गमला नै हामीतिरै ताकेर हान्न थालेपछि भागाभाग भयो ।

आइतबार राति क्याम्पस प्रमुख भट्टराइले छात्राहरुसंग गरेको हातपात र दुव्र्यवहारको घटनाले आफुहरु क्याम्पस र होस्टेल भित्र असुरक्षित भएपछि सुरक्षाको माग गर्दै आइतबार राति नै वडा प्रहरी कार्यालय वीर्तामा गएर क्याम्पस प्रमुख भट्टराई विरुद्ध ठाडो उजुरी दिएको सुनारले बताइन् ।

सुनारले भनिन्‘ क्याम्पस चिफका कारण हामी असुरक्षित भएका छौं, आइतबार राति हामीसंग जुन अमानवीय व्यवहार भयो यसले हामी निक्कै डराएका छौ ।

चैत ५ मा भएको स्ववियु निर्वाचनमा एमाले समर्थित क्याम्पस प्रमुख भट्टराइले अनेरास्ववियुका उम्मेदवारलाई जिताउन मौनअवधीमा रातिराति होस्टेल भित्र छिरेर विधार्थीहरुलाई अनेक धाकधम्की दिएको नेविसंघ समर्थित विधार्थीहरुको आरोप लगाउदै आएका छन् ।

चैतमा ५ मा नर्सिङ क्याम्पसमा भएको स्ववियु निर्वाचनमा एक सदस्य बाहेक सभापति सहित सबै पदमा अनेरास्ववियुकै उम्मेदवार विजयी भएका थिए ।

चुनावको नतिजा आएको भोलिपल्टै बिहान चैत ६ गते नेविसंघ इकाइ समितिले निर्वाचनमा क्याम्पस प्रमुख भट्टराईले एमालेको कार्यकर्ताका रुपमा खटेर धाँधली गरेकाले उनको राजीनामा माग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको थियो ।
त्यहि ताल्चा आइतबार राति बाहिरबाट पनि केहि मान्छे बोलाएर क्याम्पस प्रमुख भट्टराइले तोडेपछि त्यसको प्रतिवाद गर्दा आफुहरु माथि हातपात गर्नुका साथै गालीगलौज गरि दव्र्यवहार गरिएको नेविसंघकी इकाइ सभापति सुनारले बताइन् ।

यता क्याम्पस प्रमुख भट्टराईले भने आइतबारराति आफुले विधार्थीहरुमाथि हातपात भने नगरेको प्रतिक्रिया दिइन् । उनले भनिन्,‘ यो कुनै ठूलो कुरा होइन , सम्झाउदा नमानेपछि अलि ठूलो स्वरमा बोलदिएको मात्रै हो , अत्ति नै भएपछि विधार्थीहरुलाई अनुसासनमा ल्याउन त्यसो गरेकी हुँ ।परिक्षाका बेला तालाबन्दी नगर भनेर आग्रह गर्दा विधार्थीहरुले नमानेपछि स्थिती केहि असमान्य बन्न पुगेको उनले स्वीकारीन् ।

तर नेविसंघकी इकाइ सभापति सुनारले भने आफुहरुले चैत ६ मा प्रशासनिक भवन र क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेपनि परिक्षाकै कारण प्रशासनिक भवनको तालाबन्दी यसअघि नै खोलिदिएको बताइन् ।

अहिले क्याम्पस प्रमुखको कार्यकक्षमा मात्रै तालाबन्दी जारी रहेको र यसले क्याम्पसको पठपाठन , अन्य सेवा र परिक्षा सन्चालनमा कुनै समस्या नभएको उनले बताइन् ।सुनारले भनिन्,‘ हामीले गरेको तालाबन्दीले परिक्षा सन्चालन वा अन्य सेवामा कुनै असर परेको छैन , अहिले पिसिएल र बिएन तेश्रो वर्षको परिक्षा निवर्धा रुपमा चलिरहेकै छ , परिक्षामा कुनै असर परेको छैन ।

क्याम्पस प्रमुख भट्टराईले स्ववियु निर्वाचनकै बेलादेखि आफनो पदको गरिमा भुलेर एमालेको कार्यकर्ता जस्तै अनेरास्ववियुको इशारामा यी सब गलत हर्कत गरिरहेको उनको आरोप छ ।

वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक विदूर शिवाकोटीले क्याम्पस प्रमुख विरुद्ध विधार्थीहरुले उजुरी दिएको बताए ।
क्याम्पस प्रमुख भट्टराइले आइतबारराति गरेको हर्कतको भिडियो पिडित छात्राहरुले आफुलई पनि उपलब्ध गराएको जानकारी दिदै शिवाकोटीले क्याम्पस प्रमुखलाई झिकाएर यसबारेमा छलफल गरिने बताए ।

 

Related posts

मेयर सिंहको आह्वान : सबै मिलेर ग्रेटर वीरगन्जको अवधारणा साकार पारौं

MadhesKhabar

वीरगन्जमा भारतीयलाई हतियार देखाएर अपहरण गरि लुटपाट गर्ने गिरोह पक्राउ

MadhesKhabar

एक्सेल कलेजमा वीरगन्ज महानगरपालिकाले गर्याे सिलबन्दी

MadhesKhabar

Leave a Comment