Madhes Khabar
राजनीति हेडलाइन

वीरगन्ज नर्सिङ क्याम्पसमा क्याम्पस प्रमुखको दादागिरी : नेविसंघका छात्राहरुलाई गालीगलौज र हातपात

मधेसखबर
वीरगन्ज ,२७ चैत : वीरगन्ज ४ विर्ता स्थित वीरगन्ज नर्सिङ क्याम्पसकी छात्राहरुलाई क्याम्पस प्रमुख जमुना भट्टराईले गालीगलौज गर्दै हातपात समेत गरेकी छन् ।

क्याम्पस प्रमुख जमुना भट्टराईले छात्राहरुलाई गालीगलौज र हातपात गरेको भिडियो सामाजिक सन्जालमा भाइरल पनि भएको छ । उक्त भिडियोमा निक्कै आक्रोशित मुद्रामा प्रस्तुत हुदै क्याम्पस प्रमुख भट्टराइले छात्राहरुलाइ गमहला उठाएर हान्न खोजेको , केहि छात्रालाई हातले हिर्काएको , तथनाम गाली गलौज गरेको दृश्यहरु देखिन्छ ।

चैत ५ मा भएको स्ववियु निर्वाचनको विषयलाई लिएर नेविसंघले क्याम्पस प्रमुखको कार्याकक्षमा चैत ६ गते तालाबन्दी गरेको थियो । त्यहि विषयलाई लिएर आइतबार राति क्याम्पस प्रमुख भट्टराइले नेविसंघ समर्थित छात्राहरुलाई गाली बेइज्जती गर्दै हातपात पनि गरेको नेविसंघकी क्याम्पस इकाई सभापति सविना सुनारले बताइन् ।

सुनारका अनुसार , क्याम्पस प्रमुखको कार्यकक्षको ढोकामा नेविसंघले लगाएको ताल्चा आइतबार राति क्याम्पस प्रमुख भट्टराइले जबरजस्ति तोड्नुका साथै टाँसेको विज्ञप्ति पनि च्यातेर फालेपछि नेविसंघ समर्थित छात्राहरुले प्रतिवाद गरेका थिए । त्यहि क्रममा क्याम्पस प्रमुख भट्टराइले उग्रशैलीमा तथानाम गालीगलौज गर्दै आफुहरुमाथि हातपात पनि गरेको सुनारले बताइन् ।

क्याम्पस प्रमुखले गरेको दुव्र्यवहारको भिडियो देखाउदै सुनारले भनिन्,‘ हामीले लगाएको ताल्चा राति हामीसंग कुनै छलफल नै नगरि क्याम्पस चिफले तोडेको थाहा पाएपछि त्यस बारे बुझन हामी गयौं , तर उहाले उल्टै म मेरो पावर अब देखाइदिन्छु , तिमिहरुले जे गर्न सक्छौ गर , जाउ पत्रिकामा छपाइदेउ भन्दै हामी माथि झम्टिनु भयो , म समेत ४÷५ जना माथि हातपात पनि गर्नु भयो , फुलको गमला नै हामीतिरै ताकेर हान्न थालेपछि भागाभाग भयो ।

आइतबार राति क्याम्पस प्रमुख भट्टराइले छात्राहरुसंग गरेको हातपात र दुव्र्यवहारको घटनाले आफुहरु क्याम्पस र होस्टेल भित्र असुरक्षित भएपछि सुरक्षाको माग गर्दै आइतबार राति नै वडा प्रहरी कार्यालय वीर्तामा गएर क्याम्पस प्रमुख भट्टराई विरुद्ध ठाडो उजुरी दिएको सुनारले बताइन् ।

सुनारले भनिन्‘ क्याम्पस चिफका कारण हामी असुरक्षित भएका छौं, आइतबार राति हामीसंग जुन अमानवीय व्यवहार भयो यसले हामी निक्कै डराएका छौ ।

चैत ५ मा भएको स्ववियु निर्वाचनमा एमाले समर्थित क्याम्पस प्रमुख भट्टराइले अनेरास्ववियुका उम्मेदवारलाई जिताउन मौनअवधीमा रातिराति होस्टेल भित्र छिरेर विधार्थीहरुलाई अनेक धाकधम्की दिएको नेविसंघ समर्थित विधार्थीहरुको आरोप लगाउदै आएका छन् ।

चैतमा ५ मा नर्सिङ क्याम्पसमा भएको स्ववियु निर्वाचनमा एक सदस्य बाहेक सभापति सहित सबै पदमा अनेरास्ववियुकै उम्मेदवार विजयी भएका थिए ।

चुनावको नतिजा आएको भोलिपल्टै बिहान चैत ६ गते नेविसंघ इकाइ समितिले निर्वाचनमा क्याम्पस प्रमुख भट्टराईले एमालेको कार्यकर्ताका रुपमा खटेर धाँधली गरेकाले उनको राजीनामा माग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको थियो ।
त्यहि ताल्चा आइतबार राति बाहिरबाट पनि केहि मान्छे बोलाएर क्याम्पस प्रमुख भट्टराइले तोडेपछि त्यसको प्रतिवाद गर्दा आफुहरु माथि हातपात गर्नुका साथै गालीगलौज गरि दव्र्यवहार गरिएको नेविसंघकी इकाइ सभापति सुनारले बताइन् ।

यता क्याम्पस प्रमुख भट्टराईले भने आइतबारराति आफुले विधार्थीहरुमाथि हातपात भने नगरेको प्रतिक्रिया दिइन् । उनले भनिन्,‘ यो कुनै ठूलो कुरा होइन , सम्झाउदा नमानेपछि अलि ठूलो स्वरमा बोलदिएको मात्रै हो , अत्ति नै भएपछि विधार्थीहरुलाई अनुसासनमा ल्याउन त्यसो गरेकी हुँ ।परिक्षाका बेला तालाबन्दी नगर भनेर आग्रह गर्दा विधार्थीहरुले नमानेपछि स्थिती केहि असमान्य बन्न पुगेको उनले स्वीकारीन् ।

तर नेविसंघकी इकाइ सभापति सुनारले भने आफुहरुले चैत ६ मा प्रशासनिक भवन र क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेपनि परिक्षाकै कारण प्रशासनिक भवनको तालाबन्दी यसअघि नै खोलिदिएको बताइन् ।

अहिले क्याम्पस प्रमुखको कार्यकक्षमा मात्रै तालाबन्दी जारी रहेको र यसले क्याम्पसको पठपाठन , अन्य सेवा र परिक्षा सन्चालनमा कुनै समस्या नभएको उनले बताइन् ।सुनारले भनिन्,‘ हामीले गरेको तालाबन्दीले परिक्षा सन्चालन वा अन्य सेवामा कुनै असर परेको छैन , अहिले पिसिएल र बिएन तेश्रो वर्षको परिक्षा निवर्धा रुपमा चलिरहेकै छ , परिक्षामा कुनै असर परेको छैन ।

क्याम्पस प्रमुख भट्टराईले स्ववियु निर्वाचनकै बेलादेखि आफनो पदको गरिमा भुलेर एमालेको कार्यकर्ता जस्तै अनेरास्ववियुको इशारामा यी सब गलत हर्कत गरिरहेको उनको आरोप छ ।

वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक विदूर शिवाकोटीले क्याम्पस प्रमुख विरुद्ध विधार्थीहरुले उजुरी दिएको बताए ।
क्याम्पस प्रमुख भट्टराइले आइतबारराति गरेको हर्कतको भिडियो पिडित छात्राहरुले आफुलई पनि उपलब्ध गराएको जानकारी दिदै शिवाकोटीले क्याम्पस प्रमुखलाई झिकाएर यसबारेमा छलफल गरिने बताए ।

 

Related posts

जित सुनिश्चित भन्दै रामनारायण कुर्मीलाई मतदाताले लगाइ दिए विजयको टिका

MadhesKhabar

जनवरी महिनामा ९२ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए

MadhesKhabar

उपेन्द्र यादवसहित जसपाका दुई मन्त्रीले लिए शपथ,उपप्रधानमन्त्रीको वरियतामा यादव अन्तिममा

MadhesKhabar

Leave a Comment