Madhes Khabar
पर्यटन हेडलाइन

जनवरी महिनामा ९२ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए

वीरगन्ज,१८माघःअंग्रेजी वर्ष सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३ पर्यटक नेपाल भित्रिएका छन् ।नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार गत वर्षको जनवरीको तुलनामा यस वर्षको जनवरीमा १५.७ प्रतिशत बढी पर्यटक नेपाल भित्रिएका हुन् ।

जनवरीमा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा बढी भारतीय रहेका छन् । जनवरीमा भारतबाट २६ हजार ६२४ पर्यटक नेपाल आएका हुन् ।

यस्तै, चीनबाट ९ हजार १०१, संयुक्त राज्य अमेरिकाबाट ८ हजार ४०६, बङ्गलादेशबाट ५ हजार ८१४ तथा अस्ट्रेलियाबाट चार हजार ९५७ पर्यटक नेपाल भित्रिएका हुन्।

दक्षिण एसियाली मुलुक (सार्क)बाट ३९.३ प्रतिशत पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ ।अन्य एसियाली देशबाट २६.१ प्रतिशत, युरोपबाट १२.३ प्रतिशत, अमेरिकाबाट १०.८ प्रतिशत र ओसियानियाबाट ५.७ प्रतिशत,मध्यपूर्वबाट एक प्रतिशत र अफ्रिकाबाट ०.४ प्रतिशत पर्यटक नेपाल आएका छन् ।

 

Related posts

ठाेरी–५ सुवर्णपुरमा एमाले परित्याग गर्दै ७ जना कांग्रेसमा प्रवेश,नेता रिजालले गरे टीका लगाएर स्वागत

MadhesKhabar

वीरगन्जको नारायणी अस्पतालको एनआईसीयु वार्डमा कसरी भयो आगलागी ?

MadhesKhabar

बारामा बच्चा चाेर पक्राउ , बाेराबाट दुई बच्चाको उद्धार

MadhesKhabar

Leave a Comment