Madhes Khabar
स्वास्थ्य हेडलाइन

पर्सा , बारा सहितका मध्य तराईमा आगामी पाँच दिनसम्म ‘लू’ लाग्ने सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं ,१९जेष्ठ :पर्सा, बारासहितका मध्य तराईमा आगामी पाँच दिनसम्म लू लाग्न सक्ने सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखा ले शुक्रबार दिउँसो ‘तातो दिन तथा लू सम्बन्धी बुलेटिन’ सम्बन्धी विशेष बुलेटिन जारी गरेर उक्त जानकारी दिएको हो।

आगामी केही दिनसम्मको देशभरको तापक्रमको अवस्था तथा विश्लेषण अनुसार मध्य तराईका धेरैजसो भूभागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्दै जाने महाशाखाले जनाएको छ।

साथै पहाडी भूभागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना रहेकोले यस महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अध्यावधिक रहन अनुरोध गरिएको छ।

तातो हावा तथा लू बाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्छ।

तातो हावा तथा लूबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी एक्पोज नहुने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक-पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत महाशाखाले अनुरोध गरेको छ। साभार:अन्नपुर्णपाेष्ट

Related posts

हरिखेतान क्याम्पसकाे भवनमा गाईगोठ र कबाडखाना : भवन निर्माणमापनि अनियमितता

MadhesKhabar

बाराको खुटवाजब्दीमा नियम मिचेर एसईईको केन्द्राध्यक्ष नियुक्त

MadhesKhabar

जसपा पर्साका उपसचिव कुशवाहा भन्छन् : मैले गुट फेरेको छैन, रामनरेशकै साथमा छु

MadhesKhabar

Leave a Comment