Madhes Khabar
राजनीति हेडलाइन

काँग्रेस विचारवादी हाेइन ब्रिफकेसवादी भएकाे छ : अजय द्विवेदी

मधेसखबर
वीरगन्ज,०८ असाेज : नेपाली काँग्रेस पर्साका पूर्बसभापति अजय द्विवेदीले काँग्रेस गठबन्धनकाे जालाेमा परेकाे बताएका छन् ।

काठमाडौंमा शनिबार नेपाली कांग्रेस संस्थापन इतर (शेखर काेइराला) समूहले आयोजना गरेको खबरदारी सभालाई सम्बाेधन गर्दै संविधानसभा सदस्य समेत रहेका द्विवेदीले गठबन्धनकाे जालाेमा परेर काँग्रेसले बाटाे बिराएकाे बताए । उनले पार्टी नेतृत्वका कारण काँग्रेस समाजवादी नभइ सत्तावादी बनेकाे बताए।

पार्टी सभापति शेर बहादुर देउवाकाे कार्यशैली प्रति आक्राेश पाेख्दै द्विवेदीले भने, अहिले काँग्रेस विचारवादी हाेइन ब्रिफकेसवादी भएकाे छ, काँग्रेस कार्यकर्ताकाे पार्टी हाेइन कारिन्दाकाे पार्टी भएकाे छ ।उनले अहिले काँग्रेस कहाँ जादैछ , कस्ताे काँग्रेस बन्दैछ ? भनेर देशभरका कार्यकर्ताले साेधिरहेकाे बताए ।काँग्रेसलाई बिगार्नेहरुकाे विराेभमा याे खबरदारी सभा गरिएकाे पनि उनले प्रष्ट पारे ।

नेता द्विवेदीले बहुमतकाे बलमा विभेद नचल्ने भन्दै भने, जहाँ विभेद हुन्छ त्यहा विद्राेह हुन्छ,जहाँ विभेद हुन्छ त्यहा प्रतिकार पनि हुन्छ, याे चेतावनी म पार्टी नेतृत्वलाई यहि खबरदारी सभाबाट दिन चाहन्छु ।

पार्टी नेतृत्वलाइ देशभरका आम कार्यकर्ताकाे भावना र चाहना बुझ्न आग्रह गर्दै उनले भने, काँग्रेसलाई नबिगारि दिनुस् , किन कि बहुमतकाे बलमा अब विभेद चल्दैन ।

पार्टीको केन्द्रीय महाधिवेशनमा सभापतिमा पराजित डा. शेखर कोइराला समूहले पार्टीभित्र अवसर र न्यायका लागि भन्दै थापागाउँस्थित बानेश्वर ब्याङ्केटमा आयाेजना गरेकाे खबरदारी सभामा काेइराला पक्षका केन्द्रीय सदस्य, जिल्ला सभापति, उनी पक्षीय भ्रातृ संस्थाका नेता र ४ मंसिरको चुनावमा उम्मेदवारको आकांक्षी रहेका नेताहरु सहभागी थिए ।

Related posts

जगरनाथपुरमा ८० जना महिलाहरु जनमत पार्टीमा प्रवेश

MadhesKhabar

एमाले वीरगन्ज महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान जारी

MadhesKhabar

वीरगन्जमा आयोजित प्रदेश स्तरीय फुटबलमा सिरहाको विजयी सुरुवात

MadhesKhabar

Leave a Comment