Madhes Khabar
स्वास्थ्य हेडलाइन

गाँउघरमै उपचार सेवा दिन जगरनाथपुरको सुहपुर सोहरीमा सामुदायिक स्वास्थ्य इकाई सन्चालन

वीरगन्ज,९पुसःपर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुर सोहरीमा स्वास्थ्य सेवामा स्थानीय नागरिकको सहज पहुचललाई ध्यानमा राखि गाँउपालिकाले बुधबारदेखि सामुदायिक स्वास्थ्य सेवा इकाई सञ्चालनमा ल्याएको छ ।

यसअघि वडा नम्बर ४ कै जगरनाथपुरमा मात्रै स्वास्थ्य चौकी सञ्चालनमा रहेकाले त्यहि वडाका सोहपुर, सोहरी र हरपुर गरी ३ गाँउका स्थानीयबासीलाई स्वास्थ्य उपचार सेवा लिनका लागि जगरनाथपुरनै धाउनुपर्ने बाध्यता थियो ।

त्यहि बाध्यतालाई हटाउन जगरनाथपुर गाँउपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवको पहल र अग्रसरतामा सोहपुर सोहरीमा सामुदायिक स्वास्थ्य सेवा इकाईको कार्यालय निर्माण गरि बुधबारदेखि सञ्चालनमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवले जानकारी दिए ।त्यसबाट तीन गाँउका करिब २ हजार भन्दा बढी स्थानीय जनता लाभान्वित हुने उनले बताए ।

सुहपुर सोहरीमा नवनिर्मित सामुदायिक स्वास्थ्य सेवा इकाई कार्यालयको बुधबार पूर्व उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री एंव पर्सा क्षेत्र नम्बर ४ का निवर्तमान सांसद रमेश रिजालले समुद्घाटन गरेका हुन् ।

त्यसअवसरमा पूर्वमन्त्री रिजालले गाँउघरमै सञ्चालनमा रहेका स्वास्थ्य संस्थालेपनि गुणस्तरीय सेवा उपलब्ध गराइरहेकाले त्यसप्रति विश्वास राखेर सेवा लिन स्थानीयबासीसंग आग्रह गरे । शहरबजारका निजी अस्पतालमा मात्रै गुणस्तरीय उपचार सेवा पाइन्छ भन्ने मानसिकता हटाउनुपर्नेमा उनले जोड दिए ।

गाँउपालिकाका अध्यक्ष श्रीकान्तप्रसाद यादवको अध्यक्षता तथा पूर्वमन्त्री रिजालको प्रमुख आतिथ्यतामा भएको समुद्घाटन कार्यक्रममा गाँउपालिका उपाध्यक्ष बबीता सिं.ह क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव, वडाध्यक्ष प्रभुनाथ नुनिया लगायतकाकोपनि उपस्थिती थियो ।

 

Related posts

धर्नास्थलमा पुगेका मन्त्री रिजाललाई अभियन्ताहरुले भने : माग पुरा नभएसम्म धर्ना जारी रहन्छ

MadhesKhabar

नारायणी अस्पतालकाे एमआरआई सेवा सञ्चालनमा आएकाे ६ महिना नबित्दै अवरुद्घ 

MadhesKhabar

पोखरिया अस्पतालमा छैठौं दिनपनि धर्ना जारी

MadhesKhabar

Leave a Comment