वीरगन्ज,१८असोज :पर्साको पोखरियामा रहेको पोखरिया अस्पतालको स्तरोन्नत्तीका साथै सरकारी कार्यालयको सेवा विस्तारको माग गर्दै राष्ट्रिय मुक्ति क्रान्ति नेपालले पोखरिया अस्पतालमा शुक्रबारपनि धर्ना दिएको छ ।राष्ट्रिय मुक्ति क्रान्ति नेपालका केन्द्रिय सदस्य निजामुदिन समानीको नेतृत्वमा पार्टीका नेता कार्यकर्ताहरुले पोखरिया अस्पतालमा गत आइतबार अर्थात असोज १३ गतेदेखि अनिश्चितकालीन धर्ना दिदैं आएका छन् ।
प्रदेश सरकारले ५ वर्षअघि नै निर्णय गरि प्रादेशीक अस्पताल घोषणा गरिसकेको पोखरिया अस्पतालमा त्यसअनुसारको भौतिक पूर्वाधार र सेवा उपलब्ध नभएको तथा पोखरियामा भूमीसुधार,मालपोत, नापी लगायतका सरकारी कार्यालयको सेवा विस्तार गर्नुपर्ने मागसहित उनिहरुले धर्ना दिदै आएका हुन् । साथै पोखरिया नगरपालिकाको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारी र जनप्रतिनिधीहरुले गरिरहेको अनियमितता रोकिनुपर्ने मागपनि राखेर आँफुहरु धर्नामा बसेको समानीले बताए । छैठौं दिन शुक्रबारपनि दिउँसो १ देखि अपरान्ह ३ बजेसम्म धर्ना दिइएको समानीले बताए ।
धर्नास्थलमा मधेस प्रदेशका मन्त्री वा संघीय सरकारका मन्त्री आँफै आएर आफुहरुको माग सम्बोधनका लागि प्रतिबद्धता नजनाएसम्म आँफुहरुको धर्ना जारी रहनेपनि उनले बताए ।यसअघि आँफुहरुको माग बारेमा स्थानीय सरकार,प्रदेश सरकार र संघ सरकारलार्ई पटक पटक ध्यानाकर्षण गराउँदापनि कुनै सुनुवाई नगरिएपछि बाध्यभएर धर्नामा बस्नु परेको समानीको भनाई छ ।
पोखरियालाई पर्सा जिल्लाको दोश्रो सदरमुकाम भनिएपनि यहाँ नगरपालिकाको कार्यालय बाहेक अन्य सरकारी कार्यालय एउटापनि नभएको उनले बताए । नगरपालिकालेपनि नागरिकलाई सेवासुविधा दिनुभन्दा अनेक बहानामा करको भारी थोपर्दै आएको गुनासो उनले गरे।

