वीरगन्ज,१६बैशाख:मिस नेपाल वर्ल्ड श्रीक्षा प्रधान र मिस नेपाल इन्टरनेशनल प्रसिद्धी शाहले आफूहरुले महिला स्वास्थ्यको प्रबर्धनमा काम गर्ने बताएका छन् । वीरगन्जमा नेपाल मेडिसिटी बयोधा अस्पतालले आइतबार आयोना गरेकोे कार्यक्रममा मिस नेपाल वर्ल्ड प्रधानले आफू वातावरण विज्ञानको विद्यार्थी भएकाे भन्दै वातावरण संरक्षण र स्वास्थ्य एक अर्काका परिपुरक भएको बताइन् ।उनले आफूले महिलाको स्वास्थ्यलाई प्राथमिकतामा राख्ने बताइन् ।
कार्यक्रममा मिस नेपाल इन्टरनेशनल प्रसिद्धी शाहले महिलाहरुमा हुने मुत्ररोगका समस्या सामान्य रुपमा देखिएपनि विविध कारणले असामान्य रुपमा फैलिरहेकाले आफूले यसका लागि सम्भव भएका सबै क्षेत्रमा पहल गर्ने बताइन् ।
नेपाल मेडिसिटी बयोधा अस्पतालका प्रमुख विजय रिमालले मिस नेपाल प्रतियोगिताका विभिन्न स्वास्थ्यजन्य कार्यक्रमहरुमा आफूहरुको उपस्थिति रहने गरेको र विशेष गरी मिस नेपालहरुले आफ्नो कार्ययोजनामा स्वास्थ्य सम्बद्ध विषयहरुलाई परियोजनाको रुपमा अगाडि बढाउदा नेपाल मेडिसिटी अस्पतालले प्राविधिक लगायतका सहयोग गर्ने बताए ।
कार्यक्रममा हिडन ट्रेजरका अध्यक्ष अजय रत्न स्थापितले नेपाल मेडिसिटी अस्पतालले वीरगन्जमापनि विश्वस्तरीय सेवाहरु प्रदान गरिरहेको पाउँदा खुशी लागेको बताए ।नेपाल मेडिसिटी बयोधा अस्पतालका मुत्ररोग विशेषज्ञ डा. अनिल पुकार शाहले महिलाहरुमा हुने मुत्र रोगका समस्या र त्यसको निराकरणका लागि गर्नुपर्ने उपायहरुका बारेमा जानकारी गराएका थिए ।
उनका अनुसार वीरगन्जस्थित नेपाल मेडिसिटी बयाेधा अस्पतालले १ सय ५० शैयाको क्षमतामा हाल न्यूरो सर्जरी, न्यूरो फिजिसियन, हाडजोर्नी अन्तर्गत मेरुदण्ड, जोर्नी प्रत्यारोपण, दूर्घटनाजन्य चोटपटक, स्पोर्टस इन्जुरी, मुत्र रोग तथा दूरवीनका माध्यमबाट गरिने शल्यक्रिया, स्त्री तथा प्रसुति, बालरोग लगायतका सेवाहरु उपलब्ध गराउँदै आएकाे छ।

