Madhes Khabar
समाज स्वास्थ्य

घडिअर्वा पाेखरीमा सञ्चालित निशुल्क शिविरबाट १५० जना लाभान्वित

वीरगन्ज,९मंसिर:वीरगन्ज १० स्थित घडिअर्वा पोखरी पार्कमा शनिबार सञ्चालित निशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएकाे छ।

लायन्स क्लब अफ वीरगन्ज क्युरेटिभ किरण आँखा अस्पताल प्रा.लि. द्वारा आयाेजित उक्त निशुल्क स्वास्थ शिविरबाट १५५ जना लाभान्वित भएका छन्।शिविरमा मधुमेह,रक्तचाप तथा आँखाको जाँच गरी ओैषधि वितरण समेत गरिएको थियाे ।

मधुमेह,रक्तचाप तथा आँखा सम्बन्धि रोगको समस्या बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै निशुल्क शिविरकाे आयोजना गरिएको क्लबका संरक्षक डा.राम अवतार खेतानले बताए ।

नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा.निरज सिंहले घरबाट टाढा जाँच गराउनु पर्ने तथा महंगो शुल्क तिर्न नसकेर घरमै बसेका ज्येष्ठ नागरिकहरुका लागी निशुल्क शिविरको आयोजनाले धेरै सहयोग पुग्ने बताए । सेवामुखी भावनाले नै लायन्स क्लबले काम गर्दै आएको तथा यस्ता निशुल्क शिविरहरुलाई क्लबको माध्यमले निरन्तरता दिने जानकारी दिए ।

शिविरमा डा.सुमन प्रसाद , डा. अभिषेक अर्याल ,डा. राधा भट्टराई,डा. इजहारले बिरामीहरुको चेकजाँच गरेका थिए।

Related posts

नारायणी अस्पतालको आकस्मिक कक्ष अस्तव्यस्त :डाक्टर र बेड अपुग हुदाँ बिरामीलाई सास्ती

MadhesKhabar

नारायणी अस्पतालमा भएको लापरवाहीबारे उच्चस्तरीय छानबिन समिति गठन गर्न मेयर सिंहको माग

MadhesKhabar

अस्पताल र सप्लार्यबीचको विवादले नारायणी अस्पतालमा ३ महिनादेखि एमआरआई सेवा ठप्प

MadhesKhabar

Leave a Comment