Madhes Khabar
स्वास्थ्य

वन मन्त्री यादव भन्छन् : साउन महिनामा देशभर १ करोड विरुवा रोप्छौ

मधेसखबर
वीरगन्ज,२७असार : नवनियुक्त वन तथा वातावरण मन्त्री प्रदीप यादवले आउदो साउन महिनामा देशभर १ करोड विरुवा रोप्ने योजना रहेको बताएका छन् ।

ग्ृहनगर वीरगन्ज महानगरपालिका वडा नम्बर ४ वीर्तामा सोमबार आयोजित वृक्षारोपण कार्यक्रम र स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै वन मन्त्री यादवले ‘जनताको रहर, हरित शहर’ कार्यक्रम सन्चालन गरेर साउन ममहिनाभर १ करोड विरुवा रोप्ने योजना रहेको बताए । वृक्षरोपणका लागि साउन महिना उपयुक्त भएको हुँदा साउनमा रोपिएका विरुवा बढ्ने पनि उनले बताए ।

 

पर्सा जिल्लामा रहेका सबै सडकहरुको दुवै छेउमा पनि विरुवा रोपेर हरियाली बनाई वातावरणको संरक्षण गर्ने अभियानमा हातेमालो गर्न पनि उनले आग्रह गरे ।चुरे क्षेत्रमा बन माफियाको गिद्धे नजर परेको भन्दै मन्त्री यादवले वन माफियाहरुले चुरे दोहन गरेर मधेशलाई मरुभुमीकरण गर्ने खेल तर्फ लागेको बताए ।

 

बन माफियालाई कानुनी कठघराभित्र ल्याउने प्रतिबद्धता पनि उनले जनाए । चुरे क्षेत्रभित्र सन्चालित अवैध क्रसर उद्योगहरु तीन महिना भित्र बन्द गर्ने घोषणा पनि गरे । चुरे जोगिए मात्रै मधेश जोगिने भएकाले वातारण संरक्षण्का लागि चुरे क्षेत्रको संरक्षण अपरिहार्य भएको उनलले बताए ।

वडा नम्बर ४ का वडाअध्यक्ष जगत साह कानुको अध्यक्षतामा वृक्षारोपण कार्यक्रममा वीरगन्जका मेयर राजेशमान सिंह , प्रदेशसभा सदस्यहरु जन्नत अन्सारी , भीमा यादव , राजनीतिक दलका प्रतिनिधी , स्थानीय अगुवा लगायतको सहभागीता रहेको थियो ।

Related posts

वीरगन्जमा मेयर घरदैलो स्वास्थ्य कार्यक्रम“ अभियान जारी

MadhesKhabar

बेलवामा साहिब दरबारद्धारा आयोजित निःशुल्क आँखा शिविरबाट १२० जना लाभान्वित

MadhesKhabar

पर्सामा गुणस्तरीय स्वास्थ्य सेवाको कार्यसम्पादनमा ठोरी गाँउपालिका प्रथम

MadhesKhabar

Leave a Comment