Madhes Khabar
शिक्षा हेडलाइन

निजी विधालय बारे महानगगरले गरेको निर्णय सच्याउन अभिभावक संघको आग्रह

मधेसखबर
वीरगन्ज,२८ मंसिर : अभिभावक संघ पर्साले वीरगन्ज महानगरपालिकाले गरेको निजी विधालयहरुको बर्गिकरण र शुल्क निर्धारण आपत्ति जनाउदै सच्याउन माग गरेको छ ।

अघिल्लो हप्ता वीरगन्ज महानगरपालिकाले महानगरमा रहेका मध्ये ५८ वटा निजी विधालयहरुकोे चार वर्गमा वर्गिकरण गरि शुल्क निर्धारण गरेको थियो । तर महानगरको उक्त निर्णय , सही नरहेको भन्दै अभिभावक संघले त्यसलाई सच्याउन माग गर्दै बुधबार महानगरपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।

संघका पदाधिकारी र सदस्यहरुले बुधबार महानगरपालिकाका उपमेयर इम्तियाज आलम र शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णलाई ज्ञाापनपत्र बुझाएको हो । महानगरपालिकाले गरेको वर्र्गिकरण र शुल्क निर्धारणले विधार्थी र अभिभावकले राहत पाउनुको सट्टा झन् आहत पाएकोले त्यसलाई सच्याउन माग गरिएको संघका अध्यक्ष सन्दिप साहले बतााए ।साहले बुझाएको ज्ञापनपत्रमा नीजी विधाललयहरुको बर्गिकरण कुन विधी , प्रकृया र आधारमा गरिएको हो त्यसको लिखित दस्तावेज समेत उपलब्ध गराउन आग्रह गरेका छन् ।

Related posts

एक महिनामा वीरगन्ज नका हुँदै भित्रियो १५ हजार टन डीएपी मल

MadhesKhabar

नारायणी अस्पतालमा कुरुवासंग प्रहरीको दुर्व्यवहार,अस्पतालमा पुगेर मेयर सिंहले लिए एक्शन

MadhesKhabar

मधेसवादका प्रनेता गजेन्द्र नारायण सिंहको पुण्य तिथीमा श्रद्धान्जलीसभा र वृक्षारोपण

MadhesKhabar

Leave a Comment