Madhes Khabar
शिक्षा हेडलाइन

निजी विधालय बारे महानगगरले गरेको निर्णय सच्याउन अभिभावक संघको आग्रह

मधेसखबर
वीरगन्ज,२८ मंसिर : अभिभावक संघ पर्साले वीरगन्ज महानगरपालिकाले गरेको निजी विधालयहरुको बर्गिकरण र शुल्क निर्धारण आपत्ति जनाउदै सच्याउन माग गरेको छ ।

अघिल्लो हप्ता वीरगन्ज महानगरपालिकाले महानगरमा रहेका मध्ये ५८ वटा निजी विधालयहरुकोे चार वर्गमा वर्गिकरण गरि शुल्क निर्धारण गरेको थियो । तर महानगरको उक्त निर्णय , सही नरहेको भन्दै अभिभावक संघले त्यसलाई सच्याउन माग गर्दै बुधबार महानगरपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।

संघका पदाधिकारी र सदस्यहरुले बुधबार महानगरपालिकाका उपमेयर इम्तियाज आलम र शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णलाई ज्ञाापनपत्र बुझाएको हो । महानगरपालिकाले गरेको वर्र्गिकरण र शुल्क निर्धारणले विधार्थी र अभिभावकले राहत पाउनुको सट्टा झन् आहत पाएकोले त्यसलाई सच्याउन माग गरिएको संघका अध्यक्ष सन्दिप साहले बतााए ।साहले बुझाएको ज्ञापनपत्रमा नीजी विधाललयहरुको बर्गिकरण कुन विधी , प्रकृया र आधारमा गरिएको हो त्यसको लिखित दस्तावेज समेत उपलब्ध गराउन आग्रह गरेका छन् ।

Related posts

झाडापखाला र हैजाका बिरामीलाई बेड र स्वास्थ्यकर्मी निशुल्क उपलब्ध गराउने निजी अस्पतालहरूको प्रतिबद्धता

MadhesKhabar

सामाजिक सञ्जालको दुरुपयोगले पर्सामा आत्महत्या गर्नेको संख्या बढ्दै

MadhesKhabar

त्रिजुद्ध माविका ८६ जना बालबालिकालाई साहिब साहिब दरबार वीरगन्जले बाँड्यो स्कूल ब्याग

MadhesKhabar

Leave a Comment