Madhes Khabar
स्थानिय हेडलाइन

पर्साका ९ वटा पालिकाका खाता खुलेन,दशैंमा तलबभत्ता नपाउने कर्मचारीहरुमा चिन्ता

वीरगन्ज,३असाेज:पर्साका १४ वटा पालिकामध्ये ९ वटा पालिकाका कर्मचारीहरू यस वर्षको दशैंमा तलबभत्तालगायत अन्य सेवासुविधा पाउनबाट वञ्चित हुने भएका छन् ।

१४ पालिकामध्ये अहिलेसम्म पोखरिया र पर्सागढी नगरपालिका तथा विन्दवासिनी र पटेर्वासुगौली गाउँपालिकाले मात्रै आ-आफ्ना खाता सञ्चालनमा ल्याएका छन् ।

वीरगन्ज महानगरपालिका,बहुदरमाई नगरपालिका,ठाेरी,धाेबिनी,कालिकामाई,छिपहरमाई,पकहामैनपुर,जिराभवानी र जगरनापुर गरी बाँकी ९ वटा पालिकाले परिषद् सम्पन्न गरे पनि आआफ्ना बजेट सूत्रमा प्रविष्ट नगरेका कारण खाता सञ्चालनमा नआएको कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साले जनाएको छ ।

 

खाता सञ्चालनमा नआएपछि कर्मचारीहरूलाई तलबभत्तालगायत अन्य सेवासुविधा भुक्तानी गर्न नमिल्ने भएपछि ती पालिकाका ती पालिकाका कर्मचारीहरूमा चिन्तामा परेका छन् ।

 

धोबिनी र पकहामैनपुर गाउँपालिकामा अहिलेसम्म बजेटसमेत पारित भएको छैन । त्यहाँ अहिलेसम्म विवाद छ । धोबिनी गाँपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृतले बजेट हिनामिना गरेको र गत आर्थिक वर्षको हिसाब नबुझाएसम्म चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने कार्य रोकिरहने कार्यपालिका सदस्य दिनानाथ कलवारले बताए ।अहिले धाेबिनी पालिकामा नयाँ प्रमुख कार्यकारी अधिकृत कृष्ण खतिवडा आएका छन् । खतिवडाले चाँडै नै बजेट सार्वजनिक गरी गाँउपालिकाका सेवाहरू सुचारु गर्न प्रयासरत रहेको बताए । तर बजेट पारित सम्बन्धमा जनप्रतिनिधिहरूबीच सहमति जुट्न भने सकेको छैन ।धाेबिनी-४ का वडाध्यक्ष अब्बास मियाँ चुडिहारका अनुसार बजेट चाँडै पारित हुनेगरी कार्य भइरहेको बताए । दशैं जस्तो ठूलो पर्वमा कर्मचारीहरूलाई तलबभत्ता भुक्तानी गर्न नसक्दा कर्मचारीहरू आन्दोलन गर्ने तरखरमा रहेकाले आफूहरूले १/२ दिनमा सहमति जुटाएर बजेट सार्वजनिक गर्ने उनले दाबी गरे ।

 

केही पालिकाहरूमा बजेट पारित भएपनि प्रमुख प्रशासकीय अधिकृतहरूले सरुवाको माग गर्दै मन्त्रालयमा निवेदन दर्ता गराएका कारण उनीहरू गाँउपालिकामा नआउने तथा बेवास्ता गरेपछि बजेट सूत्रमा प्रविष्ट गर्ने कार्य रोकिएको छ । जेनजी आन्दोलनपछि अवस्था फेरिएकोले प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा पनि अन्योलमा रहेको छ ।

जेनजी आन्दोलनमा वीरगन्ज महानगर कार्यालयलगायत वडा कार्यालयहरूमा तोडफोड तथा आगजनीका कारण त्यसको पुनर्निर्माणका लागि बजेट संशोधन गर्नुपर्ने भएकोले चाँडै खाता सञ्चालनमा आउने महानगरका एक कर्मचारीले बताए । ती कर्मचारीका अनुसार महानगरका कर्मचारीहरूले दशैंमा तलबभत्ता पाउन सक्नेछन् ।साभार:प्रतिक

Related posts

महाकुम्भ मेलामा भएको भागदौडमा पर्साकी पनि एक महिला सम्पर्कविहीन

MadhesKhabar

एसईई प्रवेशपत्र लिन कालिमाटीबाट स्कुल हिँडेका २ किशोरी वीरगन्ज नाकामा फेला

MadhesKhabar

जन्मदिनमा राकेशले फहराए ठाेरीकाे शिकारीबास पुलमा राष्ट्रिय झण्डा

MadhesKhabar

Leave a Comment