Madhes Khabar
समाचार हेडलाइन

बारा क्षेत्र ४ का उम्मेदवार श्रेष्ठ र सोनलद्वारा बाराका बिश्ररामपुरका स्थानीयसंग भेटघाट तथा छलफल


मधेसखबर
वीरगञ्ज , कार्तिक २७ गते : बारा क्षेत्र नम्बर ४ को (ख) मा पर्ने बिश्ररामपुर गाउँपालिका वडा नम्बर २ कान्तिपुर टोल र वडा नम्बर ५ नकटुवामा लगायत विभिन्न वडामा आईतबार पाँच दलीय गठबन्धनका उम्मेदवारहरुले चुनावी घरदैलो गरेका छन् ।

बारा क्षेत्र नम्बर ४ का प्रतिनिधीसभा सदस्य उम्मेदवार कृष्णा बहादुर श्रेष्ठ (किसानं) र ४ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार जितेन्द्र सोनलले बिश्ररामपुर गाउँपालिकाका विभिन्न वडामा घरदैलो गरेका हुन् ।

चुनावी घरदैलोका क्रममा पुगेका विभिन्न वडामा पुगेका उम्मेदवारलाई स्थानीयले समर्थन गर्दै स्वागत गरेका पनि थिए ।

साथै स्थानीय मतदाताहरुलाई उम्मेदवारहरुले निर्वाचनम जितेपछि अझ प्रभावकारी रुपमा काम गरेर देखाउने र बाँकी अधुरा काम पनि पुरा गरेर देखाउने प्रतीबद्धता जाहेर गरेका थिए ।


मतदातासंगको भेटघाटका क्रममासोनलले विगतको पाँच वर्षको कार्यालयमा आ आफनो क्षेत्रमा गरेका कामको मुल्यांकन गरेर मत दिन आग्रह समेत गरे ।

आफुहरु चुनाव जितेर हराउने नेता नभइ क्षेत्रको विकासका लागि रातदिन लागि रहने जनसेवक भएकोले पाच दलीय गठबन्धनलाई मत दिन आग्रह पनि गरे ।

 

आईतबारको घरदैलो कार्यक्रममा गठबन्धनका गाउँपालिका संयोजक मदन यादव , कृष्ण साह ,अजय गुप्ता , अमर देव कुश्वाहा , बसत पटेल , जगत नारायण महतो लगायत स्थानियबासिको उल्लेख्य सहभागिता रहेको थियो ।

Related posts

दिवंगत नेता प्रदीप गिरिप्रति श्रद्धाञ्जली अर्पण गरीँदै

MadhesKhabar

गठबन्धन भित्र सिट बाँडफाटको अझै टुङ्गो लागिसकेको छैन : उपेन्द्र यादव

MadhesKhabar

रोहिंग्याहरुको घुसपैठ रोक्न नाकामा कडा निगरानी राख्न पर्साका जेनजी युवाहरुको माग

MadhesKhabar

Leave a Comment