Madhes Khabar
समाचार हेडलाइन

बारा क्षेत्र ४ का उम्मेदवार श्रेष्ठ र सोनलद्वारा बाराका बिश्ररामपुरका स्थानीयसंग भेटघाट तथा छलफल


मधेसखबर
वीरगञ्ज , कार्तिक २७ गते : बारा क्षेत्र नम्बर ४ को (ख) मा पर्ने बिश्ररामपुर गाउँपालिका वडा नम्बर २ कान्तिपुर टोल र वडा नम्बर ५ नकटुवामा लगायत विभिन्न वडामा आईतबार पाँच दलीय गठबन्धनका उम्मेदवारहरुले चुनावी घरदैलो गरेका छन् ।

बारा क्षेत्र नम्बर ४ का प्रतिनिधीसभा सदस्य उम्मेदवार कृष्णा बहादुर श्रेष्ठ (किसानं) र ४ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार जितेन्द्र सोनलले बिश्ररामपुर गाउँपालिकाका विभिन्न वडामा घरदैलो गरेका हुन् ।

चुनावी घरदैलोका क्रममा पुगेका विभिन्न वडामा पुगेका उम्मेदवारलाई स्थानीयले समर्थन गर्दै स्वागत गरेका पनि थिए ।

साथै स्थानीय मतदाताहरुलाई उम्मेदवारहरुले निर्वाचनम जितेपछि अझ प्रभावकारी रुपमा काम गरेर देखाउने र बाँकी अधुरा काम पनि पुरा गरेर देखाउने प्रतीबद्धता जाहेर गरेका थिए ।


मतदातासंगको भेटघाटका क्रममासोनलले विगतको पाँच वर्षको कार्यालयमा आ आफनो क्षेत्रमा गरेका कामको मुल्यांकन गरेर मत दिन आग्रह समेत गरे ।

आफुहरु चुनाव जितेर हराउने नेता नभइ क्षेत्रको विकासका लागि रातदिन लागि रहने जनसेवक भएकोले पाच दलीय गठबन्धनलाई मत दिन आग्रह पनि गरे ।

 

आईतबारको घरदैलो कार्यक्रममा गठबन्धनका गाउँपालिका संयोजक मदन यादव , कृष्ण साह ,अजय गुप्ता , अमर देव कुश्वाहा , बसत पटेल , जगत नारायण महतो लगायत स्थानियबासिको उल्लेख्य सहभागिता रहेको थियो ।

Related posts

चिसाे बढेपछि बहुदरमाई नगरपालिकाका विद्यालयहरु चार दिनका लागि बन्द

MadhesKhabar

आमा–बुबा दुवैको मृत्यु भएपछि तीन बालबालिकाको बिचल्ली, सहयोगका लागि अपिल

MadhesKhabar

मधेस प्रदेशमा छोराको तुलनामा छोरीको जन्म न्यून

MadhesKhabar

Leave a Comment