Madhes Khabar
अर्थतन्‍त्र पर्यटन हेडलाइन

वीरगन्जको लिंकरोड नजिकै पाँच करोडको लगानीमा खुल्यो ‘होटल विराट एण्ड प्लाजा’

वीरगन्ज,२३कार्तिक:वीरगन्जमा करिब पाँच करोड भन्दा बढीको लगानीमा सुविधासम्पन्न होटल विराज एण्ड प्लाजा सञ्चालनमा आएको छ ।वीरगन्ज महानगरपालिका वडा नम्बर ८ स्थित आर्मी ब्यारेकको पछाडिको चोकमै रहेको नवनिर्मित ६ तल्ले भवनमा होटल विराज एण्ड प्लाजा सञ्चालनमा आएको हो ।

लिंकरोडबाट प्रभु हस्प्टिल जाने बाटोका चोकमै खुलेको होटल विराज एण्ड प्लाजामा पूर्ण वातानाकुलित (फुल एसी) सहितका १० वटा स्वीट रुम र पाँच वटा डिलक्स कोठा छन् । होटलमै स्वादिष्ट खानका परिकार र पेय पदार्थ उपल्बध हुने आकर्षक रेष्टुरेण्टपनि छ ।
सवारी पार्किङ र विद्युतीय भर्याङ (लिफ्ट) को समेत सुविधा रहेको होटल विराज एण्ड प्लाजामा फ्रि वाई फाईकोपनि सुविधा उपलब्ध रहेको होटलका सञ्चालक मनोज गुप्ताले जानकारी दिए ।

वीरगन्जका नाम चलेका ठूला होटलमा उपलब्ध हुने सबै सेवाहरु होटल विराज एण्ड प्लाजामापनि उपलब्ध रहेको उनले बताए । तर होटलको कोठा भाडा र रेष्टुरेण्टको शुल्क भने वीरगन्जका ठूला होटलको भन्दा निक्कै सस्तो रहेको उनले बताए ।

उनले भने,‘ स्वीट रुमको एक रात बास बसेको चार्ज ३ हजार रुपैयाँमात्र छ । यस्तै डलब बेडको डिलक्स रुमको चार्जपनि २ हजार पाँच सय रुपैयाँमात्र रहेको छ । हरेक रुममा स्मार्ट टिभी छ । बाथरुममा बाथरुम टिको सेटपनि छ ।हरेक रुपममा छुट्टा छुट्टै इन्टरनेटको राउटरपनि जडान गरेका छौं ।’

सबै कोठामा मिनि बारपनि रहेको जानकारी उनले गराए ।कर्पोरेट ग्राहकका लागि कोठाको शुल्कमा बिशेष छुटकोपनि व्यवस्था गरिएको उनले बताए । गुप्ताले भने,‘ कर्पोरेट गेष्टका लागि रुमको चार्जमा १० प्रतिशत छुट दिइन्छ । यस्तै सबै खालका पेय पदार्थमा १० प्रतिशत र पेय पदार्थ बाहेक अरु खाने कुरामा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

उच्च र मध्यम वर्गाका ग्राहकलाई आरामदायी र सर्भसुलभ सेवा उपलब्ध गराउने उदेश्यले होटल विराट एण्ड प्लाजा सञ्चालनमा ल्याइएको सञ्चालक गुप्ताले बताए ।

Related posts

कर्मचारी विवादले सिम्रौनगढ अस्पताल अनिश्चितकालका लागि बन्द

MadhesKhabar

पर्सा–१ मा यसपालि १० हजार बढी भोटले जित्ने एमाले उम्मेदवार प्रदीप यादवको ठोकुवा

MadhesKhabar

वीरगन्जको मेनरोड विस्तारको विरोधमा मानव सांग्लो बनाएर प्रदर्शन

MadhesKhabar

Leave a Comment