Madhes Khabar
राजनीति हेडलाइन

पर्सा–१ मा यसपालि १० हजार बढी भोटले जित्ने एमाले उम्मेदवार प्रदीप यादवको ठोकुवा

वीरगन्ज,११ माघः पर्सा क्षेत्र नम्बर १ का नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले यसपालिको निर्वाचनमा आँफुले १० हजार बढी मतान्तरले निर्वाचित हुने दाबी गरेका छन् ।

शनिबार जनकपुरमा नेकपा एमालेद्वारा आयोजित मधेस प्रदेशभरका एमाले उम्मेदवारहरुको परिचयात्मक तथा शुभकामना आदान कार्यक्रममा बोल्दै पर्सा–१ का उम्मेदवार यादवले उक्त दाबी गरेका हुन् ।पूर्वमन्त्री समेत रहेका यादवले भने,‘ यसअघिको २०७४ को निर्वाचनमा करिब ५ हजार बढी मतले जिते, त्यसपछिको २०७९ को निर्वाचनमा करिब १७ सय बढी मतान्तरले जिते । अब यसपालिको चुनावमा १० हजार बढी मतले जित्छु ।’

यादवले पर्सा–१ मा अहिले नेकपा एमालेको अवस्था निक्कै मजबुत हुदैं गएको जिकिरपनि गरे । उनले भने,‘पर्सा–१ मा एमालेको अवस्था एकदमै राम्रो छ , पार्टीका सबै नेताकार्यकर्ताहरु एकजुट हुनुहुन्छ । महानगरका मेयर, जिल्ला समन्वय समितिका प्रमुख , महानगरका ७ वटा वडाका वडाध्यक्ष लगायत एमालेमा प्रवेश गर्नु भएको छ । त्यसका कारण पर्सा–१ मा अहिले कुनै समस्या देखिएको छैन ।’

यादवले पर्सा–१ मा एमालेको सबै पार्टी पंक्ति एकजुट भएर लागेकाले कार्यकर्ता र समर्थकहरुमा उर्जा र उत्साह थपिएको बताए । कार्यक्रममा पर्सा–२ कि उम्मेदवार रिमा यादव, पर्सा–३ का उम्मेदवार रुपेश पाण्डे र पर्सा–४ का जालिम मियाँ मन्सुरीकोपनि सहभागिता थियो ।

Related posts

घणटघरकाे बत्ती चाेरी भएपछि मेयर सिंहले भने- मसंग कसैकाे रिस छ भने ममाथि नै उतारे हुन्छ

MadhesKhabar

पानी वितरणका लागि मुख्यमन्त्री सिंहले ८ वटा वारुणयन्त्रसहितकाे टाेली वीरगन्जमा पठाए

MadhesKhabar

लामो समयको प्रतिक्षापछि सञ्चालनमा आउने भयो ‘ठोरी छोटी भन्सार’

MadhesKhabar

Leave a Comment