Madhes Khabar
स्थानिय हेडलाइन

दसैं अवधिमा पर्सामा २२ सवारी दुर्घटना , दुईकाे मृत्यु ,३८ घाइते

सांकेतिक तस्बिर ।

वीरगन्ज,११कार्तिक: दसैँ अवधिमा पर्सामा २२ वटा सवारी दुर्घटना भएका छन् ।

कार्तिक ४ सप्तमीकाे दिनदेखि कार्तिक ७ गते विजयादशमीकाे दिनसम्म चार दिनकाे अवधिमा दुई पाङ्ग्रे, तीन पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनहरू गरी जम्मा २२ वटा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यस अवधिमा २३ वटा मोटरसाइकल, ७ वटा कार/जिप, दुई वटा ट्रक र दुई वटा साइकल तथा तिन वटा अटो दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको हो ।

ती दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन् ।

यसै गरी ट्राफिक नियम उल्लङ्घन गरी चलाएका २२ वटा सवारी साधनहरूबाट ३ लाख ५७ हजार रुपैयाँ राजस्व संकलनसमेत भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिए ।

यस वर्षको दसैँमा गत वर्ष भन्दा कम दुर्घटना भएको ट्राफिक प्रहरी निरीक्षक खतिवडाको भनाई छ ।

Related posts

पर्सा जिल्लाका लागि मलको कोटा बढाउन आपुर्तिमन्त्री रिजालको निर्देशन

MadhesKhabar

नेता चौरसियाले भने: “नयाँ होईन ,ईतिहास बोकेको पार्टि चाहिन्छ ,जनताको भरोसा काँग्रेसमै छ”

MadhesKhabar

नागरिकता विधेयक असार भित्रै संसदबाट पास हुन्छ : वन मन्त्री यादव

MadhesKhabar

Leave a Comment