Madhes Khabar
राजनीति

रिहा भए रवि लामिछाने

तस्बिर :राताेपाटी

काठमाडौं,४ पुस:काठमाडौंकाे नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् ।

शुक्रबार साँझ रुपन्देही पुगेका लामिछाने कागजी प्रक्रिया पूरा गरेर त्यहीँबाट रिहा भएका हुन् ।

बिहीबार उच्च अदालत बुटवलले बैंक ग्यारेन्टीमा छाड्ने आदेश दिएपछि लामिछाने कागजी प्रक्रिया पूरा गर्न शुक्रबार रुपन्देही पुगेका थिए ।

लामिछाने कागजी प्रक्रिया पूरा गरेर रिहा भएका रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले बताए ।

लामिछानेलाई बिहीबार तुलसीपुर उच्च अदालत बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले जिल्ला अदालतको साउन २६ को आदेश बदर गर्दै बिगो बराबरको बैङ्क जमानत लिएर सर्तसहित थुनामुक्त गर्न आदेश गरेको थियो ।

Related posts

पर्सा १ मा द्विवेदीकाे इन्ट्रीले राेचक भिडन्त

MadhesKhabar

कांग्रेसभित्र हिन्दु राष्ट्रको एजेन्डा चर्काउने तयारी

MadhesKhabar

शेखर समुहका नेताको नाम बन्दसूचीमा समेटेपछि कांग्रेस भित्रको विवाद अन्त्य

MadhesKhabar

Leave a Comment