Madhes Khabar
राजनीति

रिहा भए रवि लामिछाने

तस्बिर :राताेपाटी

काठमाडौं,४ पुस:काठमाडौंकाे नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् ।

शुक्रबार साँझ रुपन्देही पुगेका लामिछाने कागजी प्रक्रिया पूरा गरेर त्यहीँबाट रिहा भएका हुन् ।

बिहीबार उच्च अदालत बुटवलले बैंक ग्यारेन्टीमा छाड्ने आदेश दिएपछि लामिछाने कागजी प्रक्रिया पूरा गर्न शुक्रबार रुपन्देही पुगेका थिए ।

लामिछाने कागजी प्रक्रिया पूरा गरेर रिहा भएका रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले बताए ।

लामिछानेलाई बिहीबार तुलसीपुर उच्च अदालत बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले जिल्ला अदालतको साउन २६ को आदेश बदर गर्दै बिगो बराबरको बैङ्क जमानत लिएर सर्तसहित थुनामुक्त गर्न आदेश गरेको थियो ।

Related posts

सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुन्छ : उपसभापति विश्वप्रकाश शर्मा

MadhesKhabar

एक पदमा ५ वर्ष भन्दा बढी नबस्ने वाचा आज पूरा गरे : जसपा नेता अहमद

MadhesKhabar

परवानीपुरमा जसपाकी उपाध्यक्ष प्रत्यासी इन्दु देवी लाेसपामा प्रवेश

MadhesKhabar

Leave a Comment