Madhes Khabar
राजनीति

जसपाले पनि छाड्याे प्रचण्ड सरकारकाे साथ, मन्त्रीहरुले दिए राजिनामा

वीरगन्ज,२१असार:जनता समाजवादी पार्टी (जसपा)ले पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै सरकारमा सहभागी उक्त पार्टीका मन्त्रीहरुले राजिनामापनि दिएका छन् ।

शुक्रबार अपराध बसेको जसपाको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसंगै जसपाका दुई मन्त्री र एक राज्यमन्त्रीले राजिनामा दिएका हुन्।

जसपाबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप याद, वन तथा वातावरण मन्त्री नवलकिशाेर साह र स्वास्थ्य राज्यमन्त्री हसिना खानले शुक्रबार साँझ प्रधानमन्त्री प्रचण्डलाई भेटेर राजिनामा पत्र बुझाएका हुन् ।

नेपाली कांग्रेस र नेकपा एमालेबिच सत्ता सहकार्य गर्ने सहमति भएपछि जसपाले सरकारबाट समर्थन फिर्ता लिँदै उसका मन्त्रीहरूले राजीनामा दिएका हुन् । यसअघि एमालेले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिँदै उसका मन्त्रीहरूले राजीनामा दिएका थिए ।

Related posts

४३ वर्ष देखि काँग्रेसमा रहेका वीरगन्ज १० का प्रमानन्द साह कानुद्धारा पार्टी परित्याग

MadhesKhabar

जसपाले कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने, मन्त्रीहरुले आजै राजीनामा दिने

MadhesKhabar

मधेस सरकारले गरेको भ्रष्टचार विरुद्ध मेरो उम्मेदवारी हो : ओमप्रकाश सर्राफ

MadhesKhabar

Leave a Comment