Madhes Khabar
राजनीति

जसपाले पनि छाड्याे प्रचण्ड सरकारकाे साथ, मन्त्रीहरुले दिए राजिनामा

वीरगन्ज,२१असार:जनता समाजवादी पार्टी (जसपा)ले पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै सरकारमा सहभागी उक्त पार्टीका मन्त्रीहरुले राजिनामापनि दिएका छन् ।

शुक्रबार अपराध बसेको जसपाको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसंगै जसपाका दुई मन्त्री र एक राज्यमन्त्रीले राजिनामा दिएका हुन्।

जसपाबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप याद, वन तथा वातावरण मन्त्री नवलकिशाेर साह र स्वास्थ्य राज्यमन्त्री हसिना खानले शुक्रबार साँझ प्रधानमन्त्री प्रचण्डलाई भेटेर राजिनामा पत्र बुझाएका हुन् ।

नेपाली कांग्रेस र नेकपा एमालेबिच सत्ता सहकार्य गर्ने सहमति भएपछि जसपाले सरकारबाट समर्थन फिर्ता लिँदै उसका मन्त्रीहरूले राजीनामा दिएका हुन् । यसअघि एमालेले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिँदै उसका मन्त्रीहरूले राजीनामा दिएका थिए ।

Related posts

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

MadhesKhabar

जेनजी आन्दोलनले उठाएको भष्ट्राचारको अन्त्य र सुशासनकाे मागप्रति मेराे समर्थन छ:मुख्यमन्त्री साेनल

MadhesKhabar

झापा– ५ बाट एमालेले गर्‍यो केपी ओलीको एकल नाम सिफारिस

MadhesKhabar

Leave a Comment