Madhes Khabar
राजनीति

जसपाले कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने, मन्त्रीहरुले आजै राजीनामा दिने

काठमाडौं,२०असारः नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेबीच भएको सहमतिलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले समर्थन गर्ने भएको छ ।

वर्तमान सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरूलाई आजै राजीनामा दिन निर्देशन दिइने पार्टीका महासचिव मोहम्मद इस्तियाक राईले जानकारी दिए ।

प्रतिनिधिसभाका ठूला दुई दलबीच भएको सहमतिलाई जसपाले समर्थन गर्ने उनले बताए। ’परिवर्तित राजनीतिक घटनाक्रमअनुसार वर्तमान सरकार अल्पमतमा परिसकेकाले आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई राजीनामा गर्न लगाएर नयाँ परिस्थितिअनुरुप पार्टी अगाडि बढ्ने छ । पदाधिकारी बैठक आजै साँझसम्म वा भोलि बिहान बस्नेछ,’उनले भने।’

जसपाका अध्यक्ष अशोक राई र नेता राजेन्द्र श्रेष्ठको कार्यव्यस्तताले आज साँझसम्म वा भोलि बिहान ७ बजे बैठक बसेर निर्णय गरिने जनाइएको छ । जसपाबाट वर्तमान सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री सहभागी छन्।
कांग्रेस–एमाले गठबन्धनलाई राप्रपा, लोसपा, जसपा,जसपा नेपालले समर्थन गर्ने जनाएका छन् । हालसम्म नागरिक उन्मुक्ति,जनमत र जनमोर्चा अनिर्णित छन्। साभारः अन्नपूर्णपोष्टबाट

Related posts

राजेन्द्र महताेले छाडे लाेसपा

MadhesKhabar

सरकारमा आउनुअघि कमाउनु पाप होइन,सरकारमा आएर भ्रष्टाचार गरेर कमाउनु पाप हो : गृहमन्त्री गुरुङ

MadhesKhabar

प्रचण्डका आतंककारी गतिविधिविरुद्ध रिट दायर गरेका हौं : रिट निवेदक

MadhesKhabar

Leave a Comment