Madhes Khabar
राजनीति

प्रधानमन्त्री प्रचण्डले आगामी शुक्रबार विश्वासको मत लिने

काठमाडौं,२१असारः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते शुक्रबार विश्वासको मत लिने भएका छन् । उनले संघीय संसदका महासचिवलाई पत्र लेखेर असार २८ गतेको संसद बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गरेका हुन् ।

संसदको दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भइसकेको छ । त्यो सहमतिअनुसार एमालेले बुधबार मन्त्रीहरुलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिएको थियो ।

संविधानत् सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ , जबकी अहिलेसम्म प्रचण्डसँग माओवादी (३२), रास्वपा (२१), एकीकृत समाजवादी (१०) र अशोक राई नेतृत्वको जसपा (७) को गरेर ७९ मत मात्र छ ।प्रचण्डको विपक्षमा नयाँ सरकार गठन गर्ने सहमति गरिरकेका कांग्रेस (८८) र एमाले (७९) गरी १६७ मत देखिन्छ ।साभारःअनलाइनखबरबाट

 

Related posts

मधेसमा एमालेलाई फेरि अर्को झट्का : प्रदेशका सभामुख मण्डल पदमुक्त

MadhesKhabar

क्यासिनाे बारेकाे प्रावधान सच्याउन सांसद यादवकाे माग

MadhesKhabar

पार्टी फुटेपछि उपेन्द्र यादवले केन्द्रीय समिति दाेब्बर बनाए

MadhesKhabar

Leave a Comment