वीरगन्ज,१३ फागुनःपर्सा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रामाकान्त चौरसियाले बुधबार पोखरिया नगरपालिकाका विभिन्न वडामा घरदैलो गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरेका छन् । त्यसक्रममा उनले विकास, सुशासन र पारदर्शीतालाई आँफुले प्रमुख मुख्य एजेण्डा बनाएको बताए ।
घरदैलोका क्रममा चौरसियाले प्रत्येक टोलमा पुगेर स्थानीय समस्या, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा आफ्ना योजना प्रस्तुत गर्दै रास्वपालाई मतदान गर्न आग्रहपनि गरे ।
उनले विगतका राजनीतिक अभ्यासबाट निरास भएका नागरिकलाई अब वैकल्पिक शक्ति रोज्ने समय आएको बताए। रास्वपाको एजेण्डा नै स्थिरता र समृद्धिको आधार भएको दाबी गर्दै उनले पर्सा–३ लाई विकासको सवालमा नमुना क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरे ।

