Madhes Khabar
राजनीति

अर्थ मन्त्रालयले असहयोग गरेको भन्दै खानेपानी मन्त्री यादवले पोखे असन्तुष्टि

काठमाडौं,१२ भदौ : खानेपानी मन्त्री प्रदीप यादवले नेपाली जनतालाई शुद्ध र स्वच्छ खानेपानी वितरण गर्न आफ्नो प्रमुख उद्देश्य भएको बताउँदै यस लक्ष्यलाई हासिल गर्न मन्त्रालयका कर्मचारीहरूलाई निरन्तर मेहनत गर्न निर्देशन दिएका छन् ।

बुधबार मन्त्रालयमा आयोजित विकास समस्या समाधान समितिको बैठक र आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउनुपर्ने कामलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।उनले भने, “शुद्ध खानेपानी जनताको अधिकार हो ।र यसलाई सुनिश्चित गर्न हामी कुनै कसर बाँकी राख्ने छैनौँ ।”

मन्त्री यादवले चुरे दोहन र जलवायु परिवर्तनका कारण पानीका स्रोतहरू सुक्दै गएको र यसले गर्दा मुलुकभर खानेपानीको आपूर्ति व्यवस्थामा चुनौती उत्पन्न भएको औँल्याए। उनले भने, “मधेसमा चुरेको दोहनका कारण पानीका स्रोतहरू सुक्दै गएका छन्, जसले गर्दा चापाकलहरूमा पानी आउन छाडेको छ । यो समस्याको समाधानका लागि देशभरि नै जलस्रोतको अध्ययन गरी आवश्यक कदम चाल्न जरुरी छ ।”

बजेट अभावले जनतालाई आवश्यक पर्ने खानेपानी आयोजनाहरूको निर्माणमा अवरोध सिर्जना भइरहेको बताउँदै मन्त्री यादवले अर्थ मन्त्रालयको असहयोगप्रति असन्तुष्टि व्यक्त गरे । उनले भने,“अर्थ मन्त्रालयले पठाइएका फाइलहरू खोल्न आलटाल गर्छ । फाइल नखोल्दा खानेपानीका महत्वपूर्ण परियोजनाहरू अघि बढ्न सकेका छैनन्, यस विषयमा म प्रधानमन्त्रीज्यूसँग सीधा कुरा राख्नेछु ।”

मन्त्री यादवले आगामी दिनमा जलवायु परिवर्तन र बजेट अभावले थप चुनौतीहरू उत्पन्न गर्न सक्ने भन्दै सबै क्षेत्रबाट सहकार्यको आवश्यकता रहेको बताए। कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. जयबहादुर टण्डन, मन्त्रालयका सचिव प्रमीलादेवी शाक्य बज्राचार्य लगायतका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।

Related posts

हरेक वडामा एमबीबीएस डाक्टर सहितको उपचार सेवा उपलब्ध गराउछु : प्रदीप यादव

MadhesKhabar

अजय चौरसियाको पक्षमा मत माग्न वीरगन्जका महिलाहरु पनि उत्रिए चुनावी प्रचारमा

MadhesKhabar

लोसपाको चुनावी घोषणापत्र : संविधान संशोधन प्रमुख मुद्दा

MadhesKhabar

Leave a Comment