Madhes Khabar
राजनीति

अनिल झाले छाडे लोसपा

काठमाडौं,२७साउनः लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता अनिलकुमार झाले पार्टीबाट राजीनामा दिएका छन् ।
वरिष्ठ नेताको पदमा रहेका झाले एक महिना अघि राजीनामा दिएको पार्टी अध्यक्ष महन्थ ठाकुर निकट नेता सुरेन्द्र झाले जानकारी गराए । ती नेताका अनुसार अनिलकुमार झाले पार्टीबाट दिएको राजीनामा स्विकृत समेत भइसकेको छ ।

लोसपामा निष्कृय रहेका झा पार्टी बैठकमा समेत सहभागी हुन छोडेका थिए । लोसपाका नेता रामप्रकाश चौधरीले अनिल कुमार झा पार्टीको बैठकमा सहभागी हुन छाडेको जानकारी दिए ।

‘उहाँ पार्टीको बैठकमा आउन छाड्नु भएको ५/६ महिना जति भयो’ चौधरीले भने, ‘औपचारिक रुपमा उहाँले पार्टी छाड्नु भएको जानकारी छैन । पार्टीलाई जानकारी नभएपछि मलाई पनि थाहा हुने कुरा भएन ।’

झा २०७४ सालको चुनावमा रौतहट क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । झा खानेपानी मन्त्री समेत भएका थिए । २०७९ को चुनावमा भने उनी पराजित भएका थिए ।साभारः अनलाइनखबर

Related posts

जसपाकाे मधेस प्रदेश अध्यक्षमा बालकिशाेर यादव

MadhesKhabar

पर्सा ४ का मतदाताको घर घरमा पुगेर रिजालले भने : काँग्रेस नै देशको आवश्यकता हो

MadhesKhabar

फुलमाला लगाइदिँदै मतदाताको आशिर्वाद : अबको हाम्रो विधायक रुपेशमान

MadhesKhabar

Leave a Comment