Madhes Khabar
राजनीति

मतदातासंग रामनारायण कुर्मीको आग्रह : आश्वासन बाड्नेलाइ होइन काम गर्नेलाई चुन्नु होला

मधेसखबर
वीरगन्ज,१८ कार्तिक : पर्सा निर्वाचन क्षेत्र नम्बर १ को (ख) मा सत्ता गठबन्धनबाट प्रदेशसभा सदस्यका उम्मेदवार रामनारायण कुर्मीको लोकप्रियता बढ्दै गएको छ ।सत्ता गठबन्धनबाट प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार कुर्मी चुनावी घरदैलोका क्रममा टोल टोलमा पुग्दा मतदाताहरुले स्वच्छ र इमान्दार छविका कारण कुर्मीलाई स्वस्फूर्त रुपमा समर्थन जनाइरहेका छन् ।

यसैक्रममा वीरगन्ज महानगरपालिका वडा नम्बर १२ को मुर्लीमा पनि चुनावी घरदैलो गर्न पुगेका कुर्मीलाई स्थानीयले समर्थन गर्दै स्वागत गरेका छन् ।मतदातासँगको भेटघाटमा कुर्मीले जनताले देखेका सपनालाई सार्थकता प्रदान गर्ने बेला अहिले आएकाले सहि मुल्यांकन गरेर मत दिन आग्रह गरे ।

यसअघि जितेर मुख्यमन्त्री समेत बनेका यस क्षेत्रका जनप्रतिनिधीबाट जनता निराश र आक्रोशीत रहेको भन्दै उनले अब त्यसको जवाफ दिने सहि समय आएको पनि बताए ।मंसिर ४ गते हुने निर्वाचनले अब देश र जनताको भविष्य निर्धारण गर्ने बताउँदै कुर्मीले सक्षम र सबल उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।कुर्मीले भने, ‘जनतालाई मुर्ख सम्झिने समय अब छैन , धेरै भयो जनतालाई झुठो आश्वासन देखाएको, तर अब आश्वासन देखाउने हैन, काम गर्ने बेला आएको छ , त्यसैले काम गर्ने उम्मेदवारलाई मतदान गर्न आवश्यक छ ।’

चुनावी घरदैलो कार्यक्रममा काँग्रेस सहित सत्ता गठबन्धनमा आवद्ध राजनीतिक दलका नेता कार्यकर्ताहरुको पनि सहभागीता थियो ।

Related posts

बारा २ : उपेन्द्रले बनाए ५ हजार भन्दा बढिको अग्रता

MadhesKhabar

जसपाले पनि मन्त्रीहरु फेर्दै , नयाँ मन्त्रीहरु तोक्ने अधिकार उपेन्द्रलाइ

MadhesKhabar

सामुदायिक सेवा केन्द्र मिनाबाजार द्वारा गहवा मन्दिर परिसर सरसफाई ।

MadhesKhabar

Leave a Comment