Madhes Khabar
राजनीति

सिरहा क्याम्पसमा विद्यार्थी जनमत संघको प्यानलै विजयी

सिरहा,६चैत : सिरहाकाे सदरमुकाम स्थित सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पसकाे स्ववियु निर्वाचनमा जनमत पार्टी निकट विद्यार्थी जनमत संघको प्यानल नै विजयी भएको छ ।

स्ववियु सभापतिमा विधार्थी जनमत संघका दीपेन्द्र कुमार यादव, सचिवमा विवेक कुमार मण्डल र कोषाध्यक्षमा सुमिता कुमारी सिंह विजयी भएका हुन् ।

यस्तै सदस्यहरूमा पनि विधार्थी जनमत संघकै चतुरानन्द यादव, कामेश्वर कुमार यादव, शम्भु कुमार यादव, पुनिता कुमारी शर्मा र राजकिशोर यादव निर्वाचित भएका छन् ।

उक्त क्याड समाजवादी विद्यार्थी युनियन, अनेरास्ववियु एस र लोकतान्त्रिक विद्यार्थी संघबीच तालमेल भएको थियो । नेविसंघ भने एक्लै भिडेको थियो ।

Related posts

पर्सामा कांग्रेसले पटक पटक चुनाव लडेकाहरुलाई नै फेरि बनायाे उम्मेदवार

MadhesKhabar

नागरिकता ऐन २०२२ को संशोधन विधेयक प्रतिनिधिसभामा पेश

MadhesKhabar

मतदान गरेपछ पुर्वमन्त्री यादवले भने : मधेसका जनता पहिचान र अधिकारका लागि लड्नेकाे पक्षमा छन्

MadhesKhabar

Leave a Comment