Madhes Khabar
राजनीति

एमाले बाराकाे अध्यक्षमा पाण्डे निर्वाचित

बारा,२५चैत:नेकपा एमालेको बारा जिल्ला अध्यक्षमा अध्यानन्द पाण्डे अध्यक्षमा निर्वाचित भएका छन् ।शनिबारराति सकिएकाे मतगणनाकाे अन्तिम परिणाम अनुसार अध्यक्षमा ३ सय ७७ मतका साथ पाण्डे विजयी भएका हुन्।उनका प्रतिस्पर्धी टिना सुवेदीले ३ सय ४३ मत ल्याइन् ।

शुक्रबार भएकाे मतदानमा पाण्डे र सुवेदी र दुवै जना प्यानल सहित प्रतिस्पर्धामा उत्रिएका थिए । अध्यक्षमा पाण्डे निर्वाचित भएपनि उपाध्यक्षसहित पदाधिकारीमा भने सुवेदीको प्यानल निर्वाचित भएको छ ।

उपाध्यक्षमा ३ सय ६४ मतका साथ भुलन चौधरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी नारायण गौतमले ३ सय ४० मत ल्याएका छन् । सचिवमा ३ सय ६३ मतका साथ अमृत शर्मा बजगाई विजयी भए भने उनका प्रतिस्पर्धी एम समिउल्लाहले ३ सय २७ मत पाए ।

उपचचिवमा जवाहिर अंसारी ३ सय ५७ मतका साथ विजयी भएका छन् भने प्रतिस्पर्धी धनिराम चौधरीले ३ सय ४१ मत ल्याएका छन् । महिला उपसचिवमा भावना आचार्य ३ सय ६८ मतका साथ विजयी भएकी छन् भने कमला घिमिरेले ३ सय २५ मत ल्याएकी छन् ।

एमाले बाराको जिल्ला कमिटीको पाँच जना पदाधिकारीका लागि ११ जनाको उम्मेदवारी परेको थियो । चैत १९ गतेबाट सुरु भएको एमालेको ११ औँ बारा जिल्ला अधिवेशनले सहमतिबाट नेतृत्व चयन गर्ननसकेपछि चैत२३ गते शुक्रबार राति मतदान भएको थियो ।

Related posts

वीरगन्जकी सामाजिक अभियन्ता शैली चौधरी पनि समानुपातिक उम्मेदवार

MadhesKhabar

आगामी नीति, कार्यक्रम तथा बजेट देशमा आर्थिक क्रान्ति ल्याउने खालको हुन्छ : प्रधानमन्त्री प्रचण्ड

MadhesKhabar

पर्सामा तरुण दलको १ सय १७ सदस्यिय जिल्ला कार्यसमिति विस्तार

MadhesKhabar

Leave a Comment