वीरगन्ज,१जेष्ठःपर्सामा नेपाल तरुण दलको जिल्ला कार्यसमिति विस्तार गरिएको छ । तरुण दल पर्साका अध्यक्ष विकास तिवारीले जिल्ला कार्यसमिति विस्तार गर्दै ११७ सदस्यिय जिल्ला कार्यसमिति बनाएका छन् ।
विस्तारित जिल्ला कार्यसमितिको उपाध्यक्षमा राजउपनेश चौरसिया,सागर लामा,विवेक कलवार,साहेब मल्लिक र पप्पु यादव रहेका छन् । यस्तै जिल्ला सचिवमा सन्तोष महतो र समिर मन्सुरी तथा सहसचिवमा रुपेश यादव, अर्जुन गुप्ता, दिनेश यादव ,महसिन राजा र राकेश कुमार रौनियार एंव कोषाध्यक्षमा प्रिती यादव रहेका छन् ।
यस्तै जिल्ला सदस्यमा नेहा सर्राफ,रमेश मुखिया,इरशाद अन्सारी,कृति यादव, सागर पटेलल, धिरज गुप्ता, सरिता साह,अकेश पटेल, कमलेश साह,अरुण पटेल,विदूर चौहान लगायतलाई मनोनित गरिएको जिल्ला अध्यक्ष तिवारीले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

