वीरगन्ज,१८असार:नेपाली कांग्रेसका बरिस्ठ नेता डाक्टर शेखर काेइरालाले नेपालकाे राजनीतिलाई सहि बाटाेमा हिडाउँन आफुले ७/८ महिनादेखि वकालत गरिरहेकाे एजेन्डा अहिले सफल भएकाे बताएका छन्।
मंगलबार वीरगन्जमा पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद काेइरालाकाे शालिक अनावरण समारोहलाई सम्बाेधन गर्दै काेइरालाले भने,`कांग्रेस र एमाले एक ठाँउमा उभिन सक्याे भने देशकाे राजनीति सहि गन्तव्यमा पुग्नसक्छ भनेर ७/८ महिनादेखि भन्दै आएकाे थिए।त्यहि क्रममा मैले काेशी प्रदेशकाे सरकार बनाउने क्रममा एमालेसंग मिलेर एउटा कदम चालेकाे थिए । तर त्याे कदमले म आलाेचितपनि हुनपुगे ।तर मेराे त्यसबेलाकाे त्याे कदम अहिले सही साबित भएकाे छ।सफलपनि भएकाे छ।´
नेता काेइरालाले अब कांग्रेस र एमालेबीचकाे सहमतिले बन्ने सरकारले सुशासन,भ्रष्टाचार नियन्त्रण र आम जनतालाई राहत दिने कुरालाई गम्भीरताका साथ लिएर काम गर्ने विश्वास लिएको बताए ।उनले सत्ता समिकरणका लागि कांग्रेस र एमालेबिच साेमबारराति भएकाे सहमतिलाई दुवै दलले राष्ट्रलाई पहिलाे प्राथमिकतामा राखेर अगाडि बढेमा देश समृद्ध र नागरिक सुखी अवश्य बन्ने धारणा राखे ।
उनले भने,`तर काे मन्त्री बन्ने? कसले सार्वजनिक लाभकाे पद लिने ? जस्ता व्याक्तिगत कुरामा मात्रै अल्झियाैं भने देश फेरि संकटमा पर्ने निश्चित छ।´
साना दलले सत्ताकाे बागडाेर लिएर सरकार चलाउँदा संविधान र लाेकतन्त्र खतरामा पर्ने धारणा आफनाे रहेकाे उनले सुनाए ।
संविधान जारी भई लागू भएकाे १० बर्ष बितिसकेकाले अब यसमा देखिएका कमीकमजाेरी सच्याउनुपर्ने बेला भईसकेकाे उनले बताए ।यस्तै अहिलेकाे निर्वाचन प्रणालीबाट हुने निर्वाचनकाे परिणामले मुलुकमा राजनीतिक स्थिरता दिन नसक्ने भएकाले निर्वाचन प्रणालीपनि परिवर्तन गर्नुपर्ने आवश्यकता रहेकाे उनले बताए ।उनले भने,`ती दुवै कामका लागिपनि अहिले कांग्रेस र एमाले एक ठाउँमा आउनु परेकाे हाे ।दुवै दलबीच राति भएकाे सहमतिमा ती बुदाँहरु लेखिएका छन्।´
फरक प्रसंगमा कांग्रेस बरिस्ठ नेता काेइरालाले अरु दलसंग गठबन्धन गरेर चुनाव लडेकै कारण कांग्रेस ठूलाे दल बनेकाे भन्ने भ्रम दिमागबाट हटाउन पार्टीका नेता कार्यकर्तासंग आग्रह गरे।उनले भने,`यदि पार्टीका सबै नेता कार्यकर्ता चुनावमा एकजुट भएर ईमानदारीका साथ लाग्याैं भने कांग्रेसलाई कुनै शक्तिलेपनि हराउन सक्दैन ।´
अबकाे निर्वाचनमा कांग्रेस नेतृत्वले पार्टीका उम्मेदवारसंग अन्तरघात गर्नेलाई कदापि नछाेड्ने चेतावनीसमेत दिए।
कार्यक्रममा कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले सत्ताका लागि मात्र बार्गेनिङ र ब्ल्याकमेलिङ गर्ने माओवादी र प्रचण्डकाे राजनीतिलाई कांग्रेस र एमालेबीचकाे अहिलेकाे सहमतिले समाप्त पारिदिएको बताए ।
मुलुककाे राजनीतिलाई स्वभाविक दिशामा अगाडि बढाउन दुवै दलबिच सत्ता सहयात्राका लागि सहमित जुटेकाे उनले प्रस्ट्याए।
दुई दलबीचकाे सहमति र एकताले संविधान र लाेकतन्त्रलाई अझ मजबुत बनाउने जिकिर उनले गरे ।
कांग्रेसका क्षेत्रीय सभापति महम्मद साहबुद्धिनकाे अध्यक्षतामा भएको कार्यक्रमलाई कांग्रेस केन्द्रीय सदस्यहरु रमेश रिजाल,शंकर भण्डारी,अजय चाैरसिया, अनिल रुङ्गटा,चन्द्रमाेहन यादव,नारायणी रायमाझी,पूर्वमन्त्री सुरेन्द्र चाैधरी, मधेस प्रदेशसभा सदस्यहरु जनार्दन सिंह क्षेत्री, शंकर चाैधरी र श्याम पटेल,नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चाैहान लगायतलेपनि सम्बाेधन गरेका थिए ।

