Madhes Khabar
राजनीति

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत

फाइल फोटो ।

काठमाडौं,२७पुष:नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत चयन भएका छन्।

टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनबाट अध्यक्षमा चौधरी सर्वसम्मत चयन भएका हुन्।

यसअघि चौधरी पार्टीको संरक्षक थिए भने अध्यक्षमा उनकी पत्नीसमेत रहेकी रञ्जिता श्रेष्ठ चौधरी थिइन्।

रञ्जिता अहिले संघीय सरकारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छिन्।

टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका बेला रेशमले रञ्जिताको नेतृत्वमा दल बनाएकादथिए।राष्ट्रपतिबाट बाँकी कैद मिनाहा पाएर छुटेपछि रेशम पार्टी राजनीतिमा सक्रिय छन् ।

Related posts

प्रधानमन्त्री ज्यू जुध्नु परे तयार छु,तर सम्झौता गर्दिनँ : मेयर बालेन साह

MadhesKhabar

राजावादीलाई निस्तेज पार्न संविधानमा ‘हिन्दु गणतन्त्र’ लेख्न माग

MadhesKhabar

चुनावमा भाग लिने कांग्रेसको निर्णय

MadhesKhabar

Leave a Comment