काठमाडौं,६मंसिरःनेपाली कांग्रेसले फागुन २१ मा हुने भनिएको प्रतिनिधि सभाको निर्वाचनमा भाग लिने भएको छ। ललितपुरको सानेपामा रहेको पार्टी केन्द्रिय कार्यालयमा शनिबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले चुनावमा भाग लिने निर्णय गरेको महामन्त्री गगन थापाले जानकारी दिए ।
शनिबारको बैठकले महाधिवेशनबारे थप निर्णय गर्नको लागि बैठक फेरि मंसिर ११ गते बस्ने पनि उनले जानकारी गराए।
बैठकले निर्वाचनको माध्यबाट नै संविधानको रक्षा गर्ने निष्कर्ष निकालेको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बताए।
उनले भने, ‘प्रतिनिधि सभा विघटन र निर्वाचनको मिति घोषणा भइसकेको अवस्था यो विषय राजनीतिक मात्रै नभए संवैधानिक पनि हो। सर्वोच्च अदालतमा पनि विचाराधीन भएकाले अन्तिम व्याख्या हुनेछ भन्ने कांग्रेस विश्वास गर्दछ।’अहिलेको राजनीतिक निकास निर्वाचन नै भएको बैठकले निष्कर्ष निकालेको पनि उनले बताए।

