Madhes Khabar
स्थानिय हेडलाइन

महानगरले कडाई गरेपछि सिर्सिया नदीको प्रदुषण रोक्न तात्न थाले उद्योगहरु

वीरगन्ज,२० कार्तिकःवीरगन्ज महानगरपालिकाको निरन्तरको अनुगमन र कारबाही पछि सिर्सिया नदी प्रदुषण गर्न मुख्य जिम्मेवार रहेका उद्योगहरुले ट्रिटमेन्ट प्लान्ट बनाउन सुरु गरेका छन् ।

महानगरका मेयर राजेशमान सिंहले कार्यभार सम्हाले लगत्तै गएको वर्षबाटै अनुगमन र कारबाहीलाई तिब्रता दिएपछि प्रदुषण नियन्त्रणका लागि उद्योगीहरुले उद्योगबाट निस्कने रसायनयुक्त लेदो तथा फोहोर ट्रिटमेन्ट गर्न प्लान्ट बनाउन सुरु गरेका हुन् ।

नदी प्रदुषण मुक्त बनाउन नदीको आसपास रहेका उद्योगहरु नै मुख्य जिम्मेवार देखिएकाले तत्काल फोहोर पानी सोझै नदीमा मिसाउन बन्द नगरे कारबाही सँगै उद्योगमा नै शीलबन्दी गर्ने मेयर सिंहले चेतावनी पछि उद्योगीहरु ट्रिटमेन्ट प्लान्ट बनाउन तयार भएका हुन् ।

यस अघि नदी प्रदुषणमा मुख्य जिम्मेवार देखिएका ५ वटा उद्योगलाई पटक पटक चेतावनी दिँदा पनि प्रदुषण गर्न नछाडेपछि ३÷३ लाख रुपैयाँ जरिबाना गरिएको थियो ।

उद्योगबाट निस्कने केमिकल सहितको लेदो तथा फोहोर पानी सोझै नदीमा मिसाउँदा नदी दुर्गन्धित र प्रदुषित बन्न पुगेको हो ।
महानगरको निरन्तरको अनुगमनपछि मरियम लेदर उद्योग र अरनिको टेक्सटायल्सले अत्याधुनिक ट्रिटमेन्ट प्लान्ट बनाउने काम अघि बढाइसकेको छ ।

ग्लोबल लेदर, मारुती पल्स एण्ड पेपर, दुर्गा पल्स एण्ड पेपर र सिद्धी टेक्सटायल्सले भने अझै अटेर गरेको भेटिएको महानगरद्वारा गठित सिर्सिया नदी प्रदुषण नियन्त्रण समितिले जनाएको छ ।समितिले आइतबार र सोमबार नदी आसपासमा रहेका उद्योगहरुको अनुगमन गरेको थियो । यस अघि महानगरपालिकाका मेयर राजेशमान सिंह आफैले नदीको अनुगमन गरेका थिए ।

 

Related posts

जगरनाथपुरमा अतिक्रमण गरिएको १५ बिघा सार्वजनिक जग्गा खाली गराएर वृक्षाराेपण गर्ने तयारी

MadhesKhabar

कक्षा १२ को परीक्षा वैशाख ११ देखि

MadhesKhabar

अख्तियारमा देशभरिमै बढी उजुरी परेका १० स्थानीय तहमध्ये पर्साकाे छिपहरमाई गाँउपालिका पनि

MadhesKhabar

Leave a Comment