Madhes Khabar
स्थानिय

जगरनाथपुरमा अतिक्रमण गरिएको १५ बिघा सार्वजनिक जग्गा खाली गराएर वृक्षाराेपण गर्ने तयारी

वीरगन्ज,१८जेष्ठ:पर्साकाे जगरनाथपुर गाँउपालिकाले बर्षाैदेखि अतिक्रमणमा परेका सार्वजनिक र ऐलानी जग्गाहरु अतिक्रमणमुक्त बनाउने अभियानलाई तिब्रता दिएको छ।

यसैक्रममा जगरनाथपुर गाँउपालिका वडा नम्बर २ स्थित रैनीझैनी मन्दिर नजिकैकाे करिब १५ बिघा जग्गापनि गाँउपालिकाले अतिक्रम मुक्त बनाएकाे छ।बर्षाैदेखि स्थानियहरुले अतिक्रमण गरी खेती गर्दै आएको करिब १५ बिघा जग्गा गाँउपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवकाे निर्देशनमा अतिक्रमण मुक्त बनाइएको हाे।

अतिक्रमण मुक्त बनाइएकाे उक्त जग्गामा किलाकाटी गाडेर घेराबार गरिएको छ।अब उक्त जग्गामा गाँउपालिका आँफैले वृक्षाराेपण गर्ने गाँउपालिका अध्यक्ष यादवले बताए ।

अतिक्रमण मुक्त गरिएको उक्त जग्गामा किलाकाटी गर्ने क्रममा वडाध्यक्ष नेपाली कुशवाहा,सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम रिमाल लगायतको पनि उपस्थिति रहेकाे थियाे ।

Related posts

रानीघाटमा रहेकाे किताब पसलकाे गाेदाममा आगलागी हुदाँ १० लाखकाे क्षति

MadhesKhabar

बारामा १४ बर्षीया बालिकालाई बलात्कार गरी फरार भएका पासवान काठमाडौंबाट पक्राउ

MadhesKhabar

फेटा गाँउपालिकाका अध्यक्ष अन्सारीमाथि हातपात, सेनाले गर्यो उद्धार

MadhesKhabar

Leave a Comment