Madhes Khabar
स्थानिय

मधेसखबर र रातोपाना अनलाइन पत्रिकाद्धारा वीरगन्जका उपमेयर आलम सम्मानित

मधेसखबर
वीरगन्ज,३१असार : वीरगन्जबाट प्रकाशन भइरहेको अनलाइन पत्रिका मधेसखबर र रातो पानाले वीरगन्ज महानगरका नवनिर्वाचित उपमेयर इम्तियाज आलमलाइ बधाइ दिनुका साथै सम्मानित समेत गरेको छ ।

शुक्रबार उपमेयर आलमकै कार्यकक्षमा पुगेर उनलाइ सम्मानित गरिएको हो । मधेसखबरका अध्यक्ष क्रान्ति शाह र रातो पानका अध्यक्ष श्याम सर्राफले उपमेयर आमलाइ गम्छा ओढाउनुका साथै मायाको चिनो प्रदान गर्दै सम्मानित गरेका हुन् ।

त्यस अवसरमा मधेस खबरकी सम्पदक माधुरी महत्तो , रातो पानाकी सम्पादक अन्जु महत्तो , प्रबन्धक अमित अग्रवालले पनि उपमेयर आलमलाइ बधाइ दिदै सफल कार्यकालको लागि शुभकामना दिएका थिए ।

बधाइ तथा सम्मान ग्रहण गर्दै उपमेयर आलमले वीरगन्जवासीले आफु प्रति प्रकट गरेकोे विश्वास र अपेक्षा पुरा गर्न खरो रुपमा उत्रिने प्रतिबद्धता जनाए । उनले वीरगन्जको विकास र समृद्धि नै आफनो मूल मन्त्र रहेको भन्दै वीरगन्जलाइ नमूना महानगर बनाउन नेतृत्वसंग सहकार्य गरेर अगाडि बढ्ने पनि बताए ।

कार्यक्रममा महानगरपालिकाको कार्यपालिका सदस्य कन्हैया ठाकुर , उपमेयरका नीजी सचिवलाय सदस्य रविनन्दन सिंह , प्रेस सल्लाहकार महम्मद सद्धाब मल्लिक ,स्वकीय सचिव शेष हजारा ,काँग्रेसका युवा नेता धर्मराज यादव लगायतको पनि उपस्थिती रहेको थियो ।

Related posts

गणतन्त्र दिवसमा वीरगन्ज कारागारबाट १९ कैदी रिहा

MadhesKhabar

चुरे दिवसको अवसरमा वीरगन्जमा ५०० विरुवा रोपियो

MadhesKhabar

वीरगन्जका सरकारी कार्यालयहरुमा बेथिती र भ्रष्टचार नरोकिए आन्दोलन गर्ने एमालेको चेतावनी

MadhesKhabar

Leave a Comment