Madhes Khabar
स्थानिय

पर्सामा राष्ट्रिय झण्डा चाेरेकाे आराेपमा पक्राउ परेका ११ जनाविरुद्ध मुद्दा दर्ता

वीरगन्ज,२मंसिर:पर्साको पर्सागढी नगरपालिका वडा नंबर ९ स्थित बडेर्बा पुलमा लगाइएको नेपालको राष्ट्रिय झण्डा चोरी गर्ने ११ जनाविरुद्ध प्रहरीले सार्वजनिक मुद्दा दर्ता गरी कारबाही प्रकृया अगाडि बढाएको छ ।

 

ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र प्रहरी चौकी मनवाबाट खटिएको प्रहरी टोलीले स्थानीयबासीकै सहयोगमा गत बुधबार राति ११ जनालाई रंगेहात पक्राउ गरेको थियाे ।

पक्राउ पर्नेमा पर्सागढी नगरपालिका – १ मनवा टोलका अङ्कित पटवारी, सुलभ श्रेष्ठ, विश्वास चौधरी, निर्मल चौधरी, कृष्ण प्रसाद पोख्रेल, बिराज ठाकुर, दिपु ओझैया, सागर चौधरी, त्यसै गरी सखुवा प्रसौनी गाउँपालिका – १ सखुवनिय टोलका गौतम महतो, नन्दन दास थारु र लक्की चौधरी रहेको प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिए ।

पक्राउ परेका ११ जनालाई पर्सा जिल्ला अदालत पर्सामा उपस्थित गराएर अनुसन्धानका लागि १० दिन म्याद थप गरी हिरासतमा राखिएको केशरीले जानकारी दिए ।

पक्राउ गरिएका सबैलाई ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखिएको छ।

बडर्वा पुलको सौन्दर्यकरणका लागि स्थानीयबासीले पुलमा लगाएको ५० भन्दा बढी झण्डा बुधबारराति उच्छृंखल युवाहरुको एक समुहले चोरी गरेको थियो । पुलको झण्डा चोरी भएपछि स्थानीयले प्रहरीमा खबरगरेपछि प्रहरीले झण्डा चोर्ने ११ जनालाई पक्राउ गरेको थियाे ।

Related posts

वीरगन्जका मेयर सिंहकाे फेरि अर्काे एक्सन : नाला अतिक्रमण गरि बनाइएका भवन,घर,टहरा हटाउन निर्देशन

MadhesKhabar

तस्करी गरि ल्याइएको साढे चार लाखको ७४ कार्टुन भारतीय चक्लेट वीरगन्जबाट बरामद

MadhesKhabar

दसैं अवधिमा पर्सामा २२ सवारी दुर्घटना , दुईकाे मृत्यु ,३८ घाइते

MadhesKhabar

Leave a Comment