Madhes Khabar
स्थानिय हेडलाइन

सिर्सिया नदीको निरीक्षणपछि मुख्यमन्त्री सिंहले भने : नदीलाई सफा, स्वच्छ र हराभर बनाउन जरुरी छ

वीरगन्ज,२९चैतः मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले वीरगन्जको सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन स्थानीय र प्रदेश सरकारले हातेमालो गरेर अगाडि बढनु पर्ने बताएका छन् ।शुक्रबार सिर्सिया नदीको स्थलगत निरीक्षणगरेपछि वीरगन्जमा जैन श्वेताम्बर तेरापन्थीसभाले महावीर जन्मजयन्तीका अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले सिर्सिया नदीलाई स्वच्छ र हराभरा बनाउनुपर्ने जरुरी भएको बताए ।

उनले सबै मिलेर सिर्सिया नदीलाई अब सफा,स्वच्छ र हराभरा बनाउनुपर्ने जरुरी भएको बताए । सिंहले भने,‘ ‘सिर्सिया नदी कुनै कालखण्डमा स्वच्छ र पवित्र नदी भएकाले यहाँ स्नान गरेमा पनि विभिन्न खालका रोगव्याधी निको हुने जनविश्वास रहेको थियो तर अब नदी त्यस्तो रहेन, प्रदूषणका कारण निकै समस्या भएको छ । अब सबै मिलेर यसलाई सफा गर्नेतर्फ अग्रसर हुन जरुरी छ ।’

फरक प्रसंगमा मुख्यमन्त्री सिंहले जैनधर्मका प्रवर्तक महावीरको जीवनीबाट अहिंसा र सामाजिक सत्कर्मको बाटोमा हिँड्ने प्रेरणा लिनुपर्ने बताए ।‘मानवजाति पछिल्लो समय विभिन्न भागदौड र प्रतिस्पर्धामा जुटिरहेको अवस्था छ । यस्तो समयमा भगवान् महावीरका उपदेश उत्तिकै व्यावहारिक र सान्दर्भिक छन्’, मुख्यमन्त्री सिंले भने, ‘जैन संस्कृति र सभ्यतालाई नयाँ पिँढीमा हस्तान्तरण गर्दै लैजान जरुरी भइसकेको छ ।’

कार्यक्रममा वीरगन्ज महानगरपालिका मेयर राजेशमान सिंहले भगवान् महावीरको अहिंसाको बाटोलाई सबैले अनुशरण गर्नुपर्ने बताए ।

 

Related posts

शुल्क निर्धारणका लागि निजी विधालयहरुको अनुगमन आफै गर्दै मेयर सिंह

MadhesKhabar

वीरगन्जकाे गहवामाई रथ यात्रामा उर्लियाे हिन्दु जनसागर

MadhesKhabar

एमाले प्रवेश गरेका पूर्वमन्त्री यादवलाई केपी ओलीले बनाए पर्सा-१ काे उम्मेदवार

MadhesKhabar

Leave a Comment