Madhes Khabar
स्थानिय

चुरियामाईमा ब्रेकफेल भएको बसले ठक्कर दिदाँ वीरगन्जकी एक महिलासहित २ जनाकाे मृत्यु

हेटौंडा,१५असाेज:बारा र मकवानपुरको सीमा क्षेत्र चुरियामाईको उकालोमा बस र मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका- २२ स्थित चुरियामाई मन्दिरनजिकै उकालोमा बुधबार बिहान जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना. ७ ख ८५३७ नम्बरको यात्रुबाहक बसको अचानक ब्रेक फेल भई ब्याक हुने क्रममा दुई वटा मोटरसाइकलमा ठक्कर दिएको थियो।

दुई वटा मोटरसाइकलमा सवार दुई वटा परिवारका ६ जना घाइते भएका थिए । उनीहरूलाई बारा र मकवानपुरका अस्पतालमा उपचारका लागि पठाइएकोमा दुई जनालाई चिकित्सकले मृत घोषणा गरेकोे जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक दिलिपकुमार थापाले जानकारी दिए।

मृत्यु हुनेमा ना. १२ प ३३६० नम्बरका मोटरसाइकल चालक बाराको फेटा गाउँपालिका-१ भरवलिया बस्ने २५ वर्षीय मकेश्वर पटेल र मधेश प्रदेश ०३-०२४ प ४४९५ नम्बरको मोटरसाइकल चालक वीरगन्ज-३१ का कञ्चनकुमार पटेलकी पत्नि २६ वर्षीया कविता देवी रहेका छन्। गम्भीर घाइते दुवैलाई प्रादेशिक अस्पताल कलैया लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

पटेलकी २२ वर्षीया श्रीमती कलिता देवी र २० महिनाकी छोरी तानेया पटेल घाइते भएका छन् । कलिता र छोरीको मकवानपुरको सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक थापाले बताए ।

त्यस्तै, अर्को मोटरसाइकलमा सवार पर्सा, वीरगन्ज–३१ का मृतक कविता देवीका पति मोटरसाइकल चालक २७ वर्षीय कञ्चनकुमार पटेल र ३ वर्षीय छोरा आयुष पटेल पनि घाइते भएका छन् । कञ्चन र आयुषको सहकारी अस्पताल मकवानपुरमा उपचार भइरहेको छ।

बस दुर्घटनापछि फरार रहेका बसका चालक सर्लाहीकाे लालबन्दीका ४७ वर्षीय विश्वनाथ चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Related posts

पटेर्वा सुगाैलीकाे चापी टाेलमा हात्तीकाे उपद्राेले स्थानीयबासी आतंकित

MadhesKhabar

वीरगन्ज–१२ का स्थानीयको आरोप : वडाध्यक्षको सौतेनी व्यवहारले बोरिङको काममा अवरोध भयो

MadhesKhabar

चिसो मौसम सुरु भएसंगै वीरगन्जमा वायु प्रदुषण बढ्कोले सावधानी अपनाउन महानगरको अनुरोध

MadhesKhabar

Leave a Comment