Madhes Khabar
स्थानिय

पर्साकाे झबराहामा रहेका रक्सी भठ्ठीहरुमा पुग्न थाल्याे प्रहरीको नजर

वीरगन्ज,२५माघ : पर्सामा प्रहरीले घरेलु मदिरा उत्पादन गर्ने अवैध रक्सी भठ्ठीहरुलाइ नष्ट गर्ने अभियान फेरि सुरु गरेको छ ।

पर्सा प्रहरीको प्रमुखका रुपमा हालै सरुवा भई आएका प्रहरी उपरिक्षक गाैतम मिश्रको निर्देशनमा प्रहरीले जिल्लाभर सर्च अभियानै चलाएर अवैध रक्सी भठ्ठीहरु नष्ट गर्न थालेको हो ।

यसैक्रमा शुक्रबार प्रहरी उपरीक्षक मिश्रकाे निर्देशनमा प्रहरी चाैकी झबराहाबाट खटिएको प्रहरी टोलीले एकै दिन ५ वटा रक्सी भठ्ठी तोडफोड गर्नुका साथै रक्सी उत्पादन गरिने २५० लिटर कच्चा पदार्थ र तयारी घरेलु रक्सी १५० लिटर पाेखेर नष्ट गरेको हाे ।

 

शुक्रबार प्रहरीले पर्सागढी नगरपालिका वडा नंबर ३ झबराहाका विभिन्न घरमा संचालन रहेका ५ वटा अवैध भठ्ठीहरू नष्ट गरेको हो । त्यसक्रममा रक्सी उत्पादन गर्न प्रयोग गरिने मेसिन, भडाकुडा नियन्त्रणमा पनि लिइरहेको प्रहरी उपरिक्षक मिश्रले जानकारी दिए ।

Related posts

अपडेट : दिनभर तनावग्रस्त किन बन्याे सिमरा ?….

MadhesKhabar

वीरगन्ज महानगरका सबै वडामा सुरक्षित र स्वच्छ खानेपानी पुर्याउनका लागि महानगरले थाल्यो काम

MadhesKhabar

सखुवा प्रसौनी–१ मा सडक विस्तारका लागि अतिक्रमण हटाउन गाँउपालिका अध्यक्षद्वारा सूचना जारी

MadhesKhabar

Leave a Comment