Madhes Khabar
स्थानिय

वीरगन्जको ड्राइपोर्ट-बगही जोड्ने सडकमा कल्भर्ट निर्माण सुरु

वीरगन्ज,६चैत:वीरगन्जको ड्राइपोर्टदेखि बगही जोड्ने सडकमा कल्भर्ट निर्माणको काम सुरु भएको छ । कल्भर्ट नहुँदा आउजाउमा समस्या भएको स्थानीयको गुनासोपछि महानगरपालिकाले उक्त सडकमा कल्भर्ट निर्माणको काम सुरु गरेको हो ।

कल्भर्ट निर्माण कार्यको बुधबार वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले शिलान्यास गरेका हुन् ।ग्रामिण क्षेत्रका वासिन्दालाई आउजाउमा सहज होस भनेर कल्भर्ट निर्माणको काम अघि बढाएको मेयर सिंहले बताए ।

 

३३ लाख रुपैयाँको लागतमा एक महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले जानकारी दिए।शिलान्यास कार्यक्रममा महानगरपालिकाका योजना प्रमुख अवधेश कुशवाहा, प्राविधिक सल्लाहकार प्रकाश अमात्य, स्थानीय युवा, बुद्धिजीवी लगायतकाको उपस्थिति रहेको थियो ।

Related posts

मालपोत कार्यालय पर्साका तत्कालीन प्रमुखसहित चार कर्मचारी भ्रष्टाचार मुद्दामा दोषी ठहर

MadhesKhabar

सखुवा प्रसौनी गाँउपालिकाका भूमिहिनलाई असार १६ गतेदेखि जग्गाको निस्सा वितरण गरिने

MadhesKhabar

वीरेन्द्र साह क्रियाशील पत्रकारीता पुरस्कार बाराका पत्रकार लक्ष्मी साहलाई

MadhesKhabar

Leave a Comment