Madhes Khabar
स्थानिय

मालपोत कार्यालय पर्साका तत्कालीन प्रमुखसहित चार कर्मचारी भ्रष्टाचार मुद्दामा दोषी ठहर

वीरगन्ज,२७पुष: मालपोत कार्यालय पर्साका चार जना कर्मचारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। कार्यालयका तत्कालीन दुई जना प्रमुख, नायब सुब्बा र एक जना लेखापाल दोषी ठहर भएका हुन्।

मालपोत कार्यालय पर्साका तत्कालीन कार्यालय प्रमुख प्रकाशप्रसाद पोखरेल, गमबहादुर विश्वकर्मा, नायब सुब्बा मदनप्रसाद गुप्ता र लेखापाल नागेन्द्रप्रसाद चौधरीलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो।

न्यायाधीश टेकनारायण कुँवर, नारायण सिंह राई र रितेन्द्र थापाको इजलाशले गएको बुधबार चारै जनालाई दोषी ठहर गरेको हो। अदालतले चारै जनालाई सजाय निर्धारणका लागि पेश गर्ने आदेश दिएको छ।

मालपोत कार्यालयमा रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ साल चैत २८ गते चारै जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गराएको थियो।

अख्तियारले उनीहरुले मालपोत कार्यालयमा आर्थिक वर्ष २०७२/७३ मा जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजस्व रकम नियमअनुसार दाखिला नगरी हिनामिना गरेको पाइएको थियो। विभिन्न मितिमा जग्गा किनबेचको क्रममा उठाएको राजस्व रकम दाखिला नगरी हिनामिना गरी भ्रष्टाचारजन्य कसुरमा संलग्न रहेको पाइएको अख्तियारले जनाएको थियो।

अख्तियारले तत्कालीन कार्यालय प्रमुख प्रकाशप्रसाद पोखरेलविरुद्ध ९३ लाख ६६ हजार २०९, तत्कालीन कार्यालय प्रमुख गमबहादुर विश्वकर्माविरुद्ध एक लाख ४१ हजार ८२५ रुपैया बिगो माग गर्दै मुद्दा दायर गराएको थियो।

यसैगरि कार्यालयका तत्कालीन नायवसुब्बा मदन प्रसाद गुप्ता र तत्कालीन लेखापाल नागेन्द्रप्रसाद चौधरीविरुद्ध जनही ९५ लाख ८ हजार ३४ रुपैयाँ बिगो माग गरिएको थियो।साभार:देशसञ्चारबाट

Related posts

वडाअध्यक्षहरुलाई कारबाहीकाे माग गर्दै बिन्दबासिनी गाँउपालिकाका कर्मचारीहरु हडतालमा

MadhesKhabar

सखुवा प्रसौनीका अध्यक्ष यादवले खोलाबाट नियन्त्रणमा लिए बालुवासहितको ट्याक्टर

MadhesKhabar

कलैयामा दिनदहाडै स्कुलका प्रधानाध्यापकमाथि गाेली प्रहार

MadhesKhabar

Leave a Comment