Madhes Khabar
स्थानिय

वीरेन्द्र साह क्रियाशील पत्रकारीता पुरस्कार बाराका पत्रकार लक्ष्मी साहलाई

मधेसखबर
वीरगन्ज,१८ माघ : वीरेन्द्र कुमार साह क्रियाशील पत्रकारीता पुरस्कार यस वर्ष बाराका पत्रकार लक्ष्मी साहले पाउने भएका छन् ।
प्रेस चौतारी नेपालले यस वर्षको वीरेन्द्र कुमार साह क्रियाशील पत्रकारीता पुरस्कार बाराका पत्रकार साहलाई दिने निर्णय गरेको हो । साह , कान्तिपुरका बारा जिल्ला संवाददाता हुन् ।

प्रेस चौतारीको २२ औं स्थापना दिवसका अवसरमा काठमाण्डौमा यहि माघ २२ हुने अर्थमन्त्री विष्णु पौडेलको प्रमुख आतिथ्यतामा हुने कार्यक्रमा साहलाई उक्त पुरस्कार प्रदान गरिने प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले जानकारी दिए ।

यस्तै प्रेस चौतारीले यस वर्ष हृदयचन्द्र सिंह स्मृति पत्रकारीता पुरस्कार रुपन्देहीका पत्रकार डाक्टर बालकृष्ण चापागाई ,अग्निशीखा स्मृति पत्रकारीता पुरस्कार लमजुङका कृष्ण केसी , डेकेन्द्र थापा स्मृति पत्रकारीता पुरस्कार दैलेखका याम शर्मा , सावित्री–पद्ल्ष्मी बस्नेत स्मृति पत्रकारीता पुरस्कार सुनसरीका लिलाराज भट्टराइ र चन्द्र न्यौपाने –शान्तिराम कार्की स्मृति पत्रकारीता पुरस्कार डडेल्धुराकी ममता भट्टलाई दिने निर्णय गरेको महासचिव लामाले जानकारी दिए ।

 

Related posts

जिराभवानी गाँउपालिकामा जनप्रतिनिधिहरुको भव्य स्वागतसंगै प्रप्रअ गिरीले सम्हाले कार्यभार

MadhesKhabar

ड्राइपोर्टमा सार्वजनिक जग्गा बनाइएका पक्कि भवनसहित १७ घर टहरा महानगरले भत्कायाे

MadhesKhabar

वीरगन्ज महानगरपालिका आज बन्द

MadhesKhabar

Leave a Comment