Madhes Khabar
स्थानिय हेडलाइन

ड्राइपोर्टमा सार्वजनिक जग्गा बनाइएका पक्कि भवनसहित १७ घर टहरा महानगरले भत्कायाे

वीरगन्ज ,१७चैत: सार्वजनिक जग्गा अतिक्रमण गरेर विभिन्न व्यक्तिले निर्माण गरेका संरचना बिहीबार वीरगन्ज महानगरपालिकाले हटाएको छ ।

वीरगन्ज महानगरको वडा नम्वर २५ ड्राइपोर्ट चोक नजिकै करिब १७ कट्ठा जग्गा अतिक्रमण गरी निर्माण गरिएका पक्कि तथा कच्चि भवनहरु महानगरले डोजर लगाएर हटाएको हो ।

महानगरका मेयर राजेशमान सिंहको निर्देशनअनुसार गएको टोलीले अतिक्रमित जग्गामा बनेको ४ वटा पक्की भवन र १७ वटा घर टहरा डोजर लगाएर हटाएको महानगरका प्रशासन प्रमुख राजकृष्ण ताम्राकारले जानकारी दिनुभयो । केही व्यक्तिले वषौँदेखि जग्गा अतिक्रमण गरेर व्यक्तिगत रुपमा प्रयोग गरिरहेको जानकारी पाए लगत्तै नक्सा सहित पुगेको महानगरको टोलीले नापजाँच गरेर सार्वजनिक जग्गा अतिक्रमित गरेर बनेका संरचना हटाएको हो ।

अतिक्रमण हटाउने क्रममा अतिक्रमणकारीहरुले अवरोध गर्न खोजे पछि जिल्ला प्रहरी कार्यालयसँगको समन्वयमा प्रहरी पुगेपछि अतिक्रमण सहज रुपमा हटाइएको थियो ।

महानगरपालिकाले ३२ वटै वडामा अतिक्रमणमा परेका सार्वजनिक तथा ऐलानी जग्गा खोजी गर्न भौतिक पुर्वाधार अतिक्रण खाली गर्ने समिति नै बनाएर काम अघि बढाएको छ ।

अहिले सार्वजनिक तथा ऐलानी जग्गा खोजी अभियान चलाइएको बताउँदै मेयर सिंहले कहीँकतै अतिक्रमण भएको सूचना भए आफूलाई जानकारी दिन आग्रह गरेका छन् ।
आफूहरु सार्वजनिक जग्गा संरक्षणमा कटिबद्ध भएर लागेको भन्दै उनले यसमा सबैको सहयोग जरुरी रहेको पनि बताए ।

महानगरले गएको फागुनमा मात्रै वडा नम्बर १९ मा करिब १६ विघा र वडा नम्वर २४ सिर्सिया पुल नजिक २ कट्ठा १० धुर जग्गा अतिक्रमण मुक्त गराइसकेको छ ।
चिल्ड्रेन पार्कको अतिक्रमण हटाउने काम चलिरहेको र अन्य वडाहरुमा पनि सार्वजनिक तथा ऐलानी जग्गा खोजी कार्य अघि बढाइरहेको छ ।

हरेक वडामा रहेका सार्वजनिक जग्गा तथा सम्पत्तिको अभिलेखिकरण गरेर राख्न र आवश्यकता अनुसार प्रयोग गर्न महानगरले यस्तो खोजी अभियान अघि बढाएको मेयर सिंहले बताए।

मेयर सिंहको निर्देशनमा अतिक्रमण मुक्त गराउन प्रशासन प्रमुख राजकृष्ण ताम्राकार, नगर प्रहरी प्रमुख हरि भुषाल, प्रमुखको सचिवालयका हरि पोखरेल, प्रेस सल्लाहकार महेस दास लगायत नगरप्रहरी सहितको टोली पुगेको थियो ।

Related posts

चुनावी घोषणापत्र अनुसार काम गर्न मेयर र उपमेयरलाइ काँग्रेसको आग्रह

MadhesKhabar

वीरगन्ज भन्सार क्षेत्रमा अनुगमन टोली पुग्दा सटर बन्द गरेर सेकुवा र मदिरा पसलेहरुको भागाभाग

MadhesKhabar

गृहमन्त्री लेखकले भने : यतिका दिन भइसक्दा पनि वीरगन्जमा हैजा फैलिनुको कारण पत्ता लागेकोे छैन

MadhesKhabar

Leave a Comment