Madhes Khabar
राजनीति हेडलाइन

विकास र समृद्धिका लागि काँग्रेसलाई भोट दिन काँग्रेस उम्मेदवार चौरसियाको आग्रह

मधेसखबर
वीरगन्ज, ३१ असोज : पर्सा क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसले चुनावी घरदैलो कार्यक्रमलाई तिब्र पारेको छ । काँग्रेसबाट पर्सा २ मा प्रतिनिधीसभा सदस्यका उम्मेदवार अजय चौरसीया र पर्सा २ (क)का प्रदेशसभा सदस्य उम्मेदवार श्याम पटेलले सोमबार पर्सागढी नगरपालिका वडा नम्बर ३ को झबराहामा घरदैलो कार्यक्रम गरेका छन् ।

त्यसक्रममा दुवै उम्मेदवारले मतदाताको घर घरमा पुगेर मधेस अनि देशको समृद्धि र विकासका लागि काँग्रेस नै एक मात्र पाटी भएकाले निर्वाचनमा काँग्रेसलाइ मतदान गर्न आग्रह गरे ।

काँग्रेस केन्द्रिय सदस्य समेत रहेका चौरसीयाले शिक्षा, स्वास्थ्य र भौतिक पूर्बाधाारको विकास नै आफनो प्राथमिकता विगत देखि नै रहदै आएका भन्दै यसपाली पनि यीनै मुद्धा आफना लागि प्राथमिकतामा रहने बताए ।

उनले भने, म जितेर ठूल ठूला गेट बनाउदिन ,गेट बनाएर जनताको जीवनस्तरमा कुनै रुपान्तरण हुदैन पनि , मेरो प्राथमिकता सरकारी विधालय र अस्पतालको सुधार नै हुनेछ , बाटाघाटा, पुल पुलेसा कै काम गर्छु ।

 

मतदातासंगको भेटघाटका क्रममा चौरसीयाले यसभन्दा पहिले जितेकाहरुले चुनाव पछि क्षेत्रमा फर्केर मुख पनि नदेखाएको यथार्थ जनता सामु प्रष्ट रहेको भन्दै आफु उनिहरु जस्तो घुमन्ते र फिरन्ते नेता नभएको पनि बताए ।
उनले कसले काम गरयो , कसले कार्यकर्ता पालेर बजेट सक्यायो यो कुराको मुल्यांकन गरेर मात्र मतदान गर्न आग्रह पनि गरे ।

घरदैलो कार्यक्रममा काँग्रेसका क्षेत्रीय सभापति महम्मद शाहबुद्धिन , काँग्रेसका जिल्ला सहसचिव मदन यादव , महाधिवेशन प्रतिनिधी दिना गुप्ता , नेता वीर बहादुर यादव, पर्सागढी नगरपालिकाका पूर्व मेयर लोकनारायण यादव , पूर्ब उपमेयर अर्चना चौधरी , बहुदरमाइ नगरपालिकाका पूर्व मेयर नितेन्द्र साह , काँग्रेसका नगर सचिव रन्जित पटेल लगायतको पनि सहभागिता थियो ।

Related posts

वेस्ट इन्डिजसंग हुने सिरिजका लागि नेपाली टोली घोषणा,वीरगन्जका आसिफ र आरिफ पनि परे टिममा

MadhesKhabar

यू–१९ एसिया कपका लागि घोषित नेपाली टिममा वीरगन्जका क्रिकेटर रन्जित कुमार चयन

MadhesKhabar

आजदेखी निर्वाचन सम्पन्न नहुञ्जेलसम्म मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवनमा

MadhesKhabar

Leave a Comment