Madhes Khabar
राजनीति समाचार

ठोरी–२ मा १९ जना एमाले र माओवादी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश

वीरगन्ज ४,फागुन:पर्साको ठोरी गाउँपालिका वडा नम्बर २ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्र परित्याग गरी १९ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार रमेश रिजालले नवप्रवेशीहरुलाई टीका लगाएर पार्टीमा स्वागत गरेका हुन्।

पार्टी प्रवेश गर्नेहरुले उम्मेदवार रिजालको नेतृत्व र विकासको एजेन्डाप्रति विश्वास गर्दै नेपाली कांग्रेसमा आबद्ध भएको बताएका छन्। उनीहरुले आगामी निर्वाचनमा रिजाललाई समर्थन गर्ने प्रतिबद्धता समेत जनाएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार रिजालले नेपाली कांग्रेसलाई विकासको संवाहक पार्टीको रुपमा चित्रण गर्दै जनताको विश्वास र साथ आवश्यक रहेको बताए।

उनले लोकतन्त्र, समृद्धि र विकासका लागि कांग्रेसलाई मत दिन आग्रह गर्दै ठोरी क्षेत्रको समग्र विकासमा आफू प्रतिबद्ध रहेको उल्लेख गरे।

 

Related posts

बारा-४ मा रास्वपाकाे `टुरिष्ट´ उम्मेदवार :माओवादी छाडेका रहबर अन्सारीले पाए टिकट

MadhesKhabar

कुनैपनि समुदाय विकासको मूलधारबाट पछाडि नपरुन् भन्ने सरकारको प्रमुख उद्देश्य हो : मन्त्री यादव

MadhesKhabar

पर्सा १ मा लक्ष्मणलाल कर्णलाई जिताउन काँग्रेसी नेताहरु खुलेर लागे

MadhesKhabar

Leave a Comment