बारा,६माघ : नेकपा माओवादी केन्द्र परित्याग गरेका पर्साका रहबर अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा-४ मा चुनाव लड्ने भएका छन् । रास्वपाले अन्सारीलाई बारा-४ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो। उम्मेदवारको टुंगो लगाउन सभापति रवि लामिछाने आफैँ सिमरा आएका थिए ।
बारा- ४ मा उम्मेदवार बन्न व्यवसायी इच्छाबहादुर वाग्ले, शिक्षक शालिकराम अधिकारीलगायतका व्यक्ति आकांक्षी देखिन्थे । अधिकारी उम्मेदवार बन्नकै लागि पहिलो पटक राजनीतिक दलमा खुलेर आएका थिए ।
रास्वपा चुनाव लड्न लागेका अन्सारी पर्साका हुन् । उनी २०७९ सालमा पर्सा क्षेत्र नं. १(१) बाट मधेश प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । प्रदेशसभा सदस्यबाट राजीनामा दिएर अन्सारी चुनाव लड्न बारा गएका हुन् ।

