Madhes Khabar
राजनीति

बाराको चैनपुरमा एमालेका १२० नेता–कार्यकर्ताद्धारा पार्टी परित्याग ,श्रेष्ठ र सोनलले गरे स्वागत

मधेसखबर
वीरगन्ज, ३० कार्तिक : बारा क्षेत्र नम्बर ४ मा पर्ने परवानीपुर गाँउपालिका वडा नम्बर ४ चैनपुरमा पाँच दलीय गठबन्धनका उम्मेदवारहरुलाई जिताउन भन्दै नेकपा एमालेका र १२० जना नेता कार्यकर्ता गठबन्धनको पक्षमा लागेका छन् ।

चैनपुरमा बुधबार आयोजित गठबन्धनको रात्रीसभामा एमाले छाडेर १२० जना पाँच दलीय गठबन्धनको समर्थनमा लाग्ने घोषणा गरेका हुन् । कार्यक्रममा उनिहरुलाई गठबन्धनबाट प्रतिनिधीसभा सदस्य उम्मृदवार कृष्णा कुमार श्रेष्ठ (किसान) र प्रदेशसभा सदस्य उम्मेदवार जितेन्द्र सोनलले टिका र गम्छा लगाएर स्वागत गरे ।

दुवै उम्मेदवार विकास प्रेमी छवि भएका कारण आफुहरु गठबन्धनको पक्षमा लागेको एमाले छाडेर गठबन्धनलाई समर्थन गरेकाहरुले बताए ।

Related posts

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने लोसपाको निर्णय

MadhesKhabar

नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रहित विरूद्ध छ : रवि लामिछाने

MadhesKhabar

राष्ट्रपतिले जनभावना र संसदको अपमान गरेको पुर्वमन्त्री सोनलको आरोप

MadhesKhabar

Leave a Comment