Madhes Khabar
राजनीति

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने लोसपाको निर्णय

काठमाडौं ,५ चैत : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

लोसपाको आइतबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो । लोसपाका नेता राजेन्द्र महतोका अनुसार प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय लोसपााले गरेको हो । ’पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ । विश्वासको मत दिएपछि सरकारमा सहभागी हुने बाटो खुल्नेछ’, नेता महतोले भने ।

बैठकले संसदमा सत्ता पक्षको बेन्चमा बस्ने निर्णय पनि गरेको छ । यसअघि लोसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपनि प्रतिपक्षी बेन्चमा बसेको थियो । लोसपाकोतर्फबाट प्रतिनिधिसभामा चार सांसद छन् ।

Related posts

नेकपा एसले ५ वटै मन्त्री फेरयो , मेटमणी सहरी विकास मन्त्री बन्ने

MadhesKhabar

पर्साबाट जसपाले गरेको उम्मेदवार सिफारिसमा को को परे ?

MadhesKhabar

रवीन्द्र मिश्र,धवलशमशेर,स्वागत नेपालसहित १७ जना राजावादी पक्राउ

MadhesKhabar

Leave a Comment