Madhes Khabar
राजनीति

नेकपा एसले ५ वटै मन्त्री फेरयो , मेटमणी सहरी विकास मन्त्री बन्ने

मधेसखबर
वीरगन्ज,२२जेठ ः माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले संघीय सरकारका मन्त्रीहरु हेरफेर गरेको छ ।
पार्टीको सचिवालय समितिको आइतबार बसेको बैठकले यसअघि सरकारमा रहेका आफना पार्टीका ५ जना मन्त्रीलाइ फिर्ता बोलाएर नयाँ ५ जना नेताको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ ।
नेकपा एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलले आफूले सरकारमा सहभागी गराउन ५ नेताको नाम प्रधानमन्त्री देउवालाई बुझाएको बताए ।
पौडेलका अनुसार अब भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री , जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री , शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नेछन् । त्यस्तै हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्नेछन् ।
यसअघि एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा विरोध खतिवडा, नागरिक उड्यन तथा पर्यटन मन्त्रीमा प्रेमबहादुर आले, सहरी विकास मन्त्रीमा रामकुमारी झाँक्री, श्रम तथा रोजगार मन्त्रीमा कृष्णकुमार श्रेष्ठ थिए । स्वास्थ्य राज्यमन्त्री भने भवानी खापुङ थिए ।

Related posts

चिनियाँ राजदूत चेनले भेट उद्योगमन्त्री रिजाललाई

MadhesKhabar

बारा २ मा उपेन्द्र यादवलाई जिताएरै छाड्छौं : लोसपा नेता सोनल

MadhesKhabar

संघीय निजामती र प्रहरी ऐनले सरकारको भविष्य निर्धारण हुन्छ : उपेन्द्र यादव

MadhesKhabar

Leave a Comment