Madhes Khabar
राजनीति

प्रधानमन्त्री प्रचण्ड लोकतन्त्र सिध्याउने खेलमा लागेका छन् : उपेन्द्र यादव

फाइल फाेटाे

विराटनगर,१०जेष्ठः जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री प्रचण्ड लोकतन्त्र सिध्याउने खेलमा लागेको आरोप लगाएका छन् । मोरङमा बिहीबार जसपा नेपालले आयोजना गरेको कार्यक्रममा अध्यक्ष यादवले भने,‘ प्रधानमन्त्री प्रचण्डले नै राज्यको शक्ति र स्रोत दुरुपयोग गरेर हाम्रो पार्टी फुटाउनु भएको हो ।उहाँ लोकतन्त्र सिध्याउने खेलमा लागेका छन् ।’

यादवले प्रधानमन्त्रीले सत्ता टिकाउने र राज्यको शक्ति र स्रोतलाई दुरुपयोग गरेर पार्टी फुटाउने कार्य भनेको लोकतन्त्रलाई सिध्याउने अभ्यास भएको टिप्पणी गरे ।

नेपालमा संसदीय व्यवस्था नै असफल भइसकेको बताउँदै यादवले अहिले संसदमा सरकारले मार्सल लगाइरहेको बताए ।उनले लोकतन्त्र माथि प्रहार गर्ने क्रममा सरकारले प्रेसमाथि हमला गरेको बताए ।सहकारीको वचत रकम हिनामिना गरेको समाचार सार्वजनिक गरेका कारण सरकारले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको यादवले आरोप लगाए ।

Related posts

वीरगन्जसहित मधेसलाई तत्काल सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न सांसद चौरसियाको माग

MadhesKhabar

उपराष्ट्रपतिमा उम्मेदवारी फिर्ता हुँदैन, बरु मित्रवत् प्रतिस्पर्धामा जान्छौँ : सीके राउत

MadhesKhabar

पर्साकाे धाेबिनी गाँउपालिकामा भूतपूर्व इन्स्पेक्टर कुर्मी बने रास्वपाकाे सभापति

MadhesKhabar

Leave a Comment