Madhes Khabar
राजनीति हेडलाइन

ठाेरीका मतदाता भन्छन् : यसपालिकाे हाम्राे राेजाइ रमेश रिजाल हुन्

मधेसखबर
वीरगन्ज ,०८ कार्तिक : पर्सा क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने ठाेरी गाँउपालिकाका अधिकांश मतदाताले यसपालिकाे चुनावमा प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार रमेश रिजाललाई नै मतदान गरि विजयी बनाउने बताएका छन् ।

चुनावी घरदैलाेका क्रममा ठाेरी गाँउपालिकका विभन्न वडामा पुगेका उम्मेदवार रिजालका बारेमा सन्चारकर्मीसंग कुराकानी गर्दै मतदाताहरुले यसपालिकाे आफुहरुकाे राेजाई रिजाल नै भएकाे बताए ।

ठाेरी ५ बाघमाेर्चाका स्थानीय सागर लामाले प्रतिगमनलाइ परास्त गर्न पनि काँग्रेसलाई जिताउनुपर्ने भएकाले आफुहरुकाे मत रिजाललाई नै जाने बताए । एमाले र उसका अध्यक्ष केपी ओलीले दुई दुई पटक संसद बिघटन गरेर लाेकतन्त्र मास्न खाेजेकाे र संविधानलाई नै च्यात्ने प्रयत्न गरेकाले त्यस्ता प्रतिगमनकारी दल र उसका उम्मेदवारलाई सचेत जनताले भाेट नदिने लामाले बताए ।

लामाले पर्सा ४ मा प्रतिनिधिसभा सदस्यमा उठेका एमालेका उम्मेद्वार दल चाहार्दै हिड्ने उम्मेदवार भएकाे आराेप लगाउदै त्यस्ता नेताले जिते पनि आफ्नाे स्वार्थका लागि फेरि सांसद पद नै बेचिदिने खतरा भएकाले जनताले याे कुरा बुझेकाले काँग्रेस उम्मेदवार रिजाल नै ठाेरीका जनताकाे राेजाई भएकाे बताए ।

ठाेरीकै अर्का स्थानीय वीर बहादुर लाेप्चनले पनि ठाेरीका जनता प्रतिगमनकारीकाे पक्षमा नभएकाे बताए ।उनले एमालेका उम्मेदवारकाे विगतकाे चारित्रीक पृष्ठभूमि अन्तर्राष्ट्रिय रुपमै बदनाम भएकाले त्यस्ता उम्मेदवारलाई कदापि मत नदिने बताए ।

काँग्रेस उम्मेदवार रिजाल जिते पनि नजिते पनि ठाेरीका जनताकाे माझमा रहदै आएकाे नेता भएकाले रिजाललाई नै यसपालि अत्याधिक मत दिएर जिताउने लाेप्चनले बताए ।

Related posts

दूरदराजका वस्तीसम्म सेवा उपलब्ध गराउन औषधी व्यवसायीलाई उपराष्ट्रपति यादवको आग्रह

MadhesKhabar

ठोरी गाँउपालिका : एक वर्षमा सवारीसाधन मर्मतमा मात्रै साढे २४ लाख खर्च

MadhesKhabar

भारतसंग पराजित भएपनि नेपालकाे सम्मानजनक प्रदर्शन

MadhesKhabar

Leave a Comment