Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

इन्धनको मूल्य घट्याे

वीरगन्ज ,०१ पुस: नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको निगमले जनाएको छ ।

मूल्य घटेसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेल/मटितेलको प्रतिलिटर मूल्य १७५ रुपैयाँ पर्नेछ । यसअघि पेट्रोल लिटरको मूल्य १८१ र डिजेल/मटितेलकाे मूल्य प्रतिलिट, १७८ रुपैयाँ थियो ।

हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत नै रहेको आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले शुक्रबार नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ मूल्य सूची पठाएको थियो ।

Related posts

विधुत आपुर्तिको समस्याले वीरगन्जका उद्योगीहरु आजित , प्राधिकरण विरुद्ध आन्दोलनको तयारी

MadhesKhabar

वीरगन्जसहित पर्साका सबै नाका आजदेखि ३ दिनका लागि बन्द

MadhesKhabar

मधेसकाे मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता

MadhesKhabar

Leave a Comment