Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

इन्धनको मूल्य घट्याे

वीरगन्ज ,०१ पुस: नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको निगमले जनाएको छ ।

मूल्य घटेसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेल/मटितेलको प्रतिलिटर मूल्य १७५ रुपैयाँ पर्नेछ । यसअघि पेट्रोल लिटरको मूल्य १८१ र डिजेल/मटितेलकाे मूल्य प्रतिलिट, १७८ रुपैयाँ थियो ।

हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत नै रहेको आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले शुक्रबार नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ मूल्य सूची पठाएको थियो ।

Related posts

एनसेल बिक्रीमा जालझेल भएको सांसद यादवको आरोप

MadhesKhabar

वीरगन्जमा एकै पटकमा १४ हजार छात्राहरुलाई दिइयाे आत्मारक्षा तालिम

MadhesKhabar

सखुवाप्रसाैनीमा एमाले अध्यक्ष ओलीलाई ५२ किलाेकाे मालाले गरियाे स्वागत

MadhesKhabar

Leave a Comment