Madhes Khabar
अर्थतन्‍त्र

देशमा विद्यमान आर्थिक संकट समाधान गर्छु : नवनियुक्त उद्योग मन्त्री रिजाल

काठमाडौं,१७चैत : नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले आर्थिक संकटबाट गुज्रिएको उद्योग र व्यापारिक क्षेत्रलाई माथि उठाउने बताएका छन् ।

शुक्रबार राष्ट्रपतिबाट मन्त्री पदकाे शपथ लिएपछि सन्चारकर्मीहरुसंग कुरा गर्दै रिजालले हालको आर्थिक संकट आफ्नो कार्यकालमा समाधान गर्ने दाबी गरे ।

‘उद्योग, वाणिज्य र आपूर्तिका क्षेत्रमा आर्थिक संकटका कारण समस्याहरु छन्,’ मन्त्री रिजालले भने, ‘यसलाई मेरो पालामा समाधान गर्छु । उद्योग र व्यापारिक क्षेत्रलाई संकटबाट माथि उठाउँछु ।’

निजी क्षेत्रलाई विश्वासमा लिएर मुलुकको औद्योगीकरण र व्यावसायिक वातावरण र आपूर्ति व्यवस्था सहज बनाउन आफ्नो प्रमुख भूमिका हुने मन्त्री रिजालले बताए ।

विश्वको मञ्चमा तीब्र आर्थिक विकास गरिरहेका नेपालका दुई छिमेकी मुलुक भारत र चीनको आर्थिक समृद्धिबाट नेपाललाई लाभ हुनेगरी पहल गर्ने पनि उनले बताए ।

दुई ठूला मुलुकहरुबाट लाभ लिन सक्नेगरी नेपालमा लगानी भित्र्याउन पनि मैले पहल गर्नेछु,’ मन्त्री रिजालले भने, ‘यसका लागि प्रधानमन्त्रीलाई पनि विश्वासमा लिनेछु ।’

मन्त्रालयमा आफूले धेरै कुरा सिक्न बाँकी रहेको भन्दै उनले कर्मचारी र सम्पूर्ण संस्थान तथा कार्यालयहरुबाट सकारात्मक सहयोगको अपेक्षा गरेको पनि उनले बताए ।साभार:अनलाइनखबर

Related posts

वीरगन्जकाे रात्रीबजारले अर्थतन्त्रलाई चलायमान बनाउनमा याेगदान गरेकाे छ : मुख्यमन्त्री यादव

MadhesKhabar

भारतसंगको विद्युत खरिद सम्झौताबाट १ अर्ब २० करोड फाइदा भयो : मन्त्री घिसिङ

MadhesKhabar

इन्धनको मुल्य बढेपछि गाडी भाडा पनि बढ्यो

MadhesKhabar

Leave a Comment